Siraha Times
ताजा समाचार

सखुवान्नकारकट्टीमा आयुर्वेद अस्पतालको समुदघाटन सम्पन्न

  • फागुन १६, २०७८
  • ११८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/१६ फाल्गुन। सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ५ इटहर्वा महेशवारीमा नागरिक आरोग्य सेवा केन्द्र तथा नि:शुल्क आयुर्वेद शिविर ( आयुर्वेद अस्पताल ) को समुदघाटन आज सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष केदारनाथ यादवको प्रमुख अतिथ्वमा सो आयुर्वेद अस्पतालको समुदघाटन तथा आजबाट आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ। यो सँगै समुदघाटन कार्यक्रमका विशिष्ट अतिथिहरु सखुवान्नकारकट्टी गाउँपालिकाकी उपाध्यक्ष अमला देवी यादव, जिल्ला रेडक्रस सोसाइटी सिराहाका सभापति राजदेव यादव, नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झा, गाउँपालिकाका सम्पूर्ण कर्मचारी , शिक्षक, शिक्षिका लगायत स्थानीयहरुको उपस्थितिमा आयुर्वेद अस्पताल समुदघाटन गरि मुर्त रुप दिइएको छ। यो सँगै प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोको बिदाई गरिदै नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झालाई स्वागत पनि गरिएको छ।

'कला संस्कृति , हाम्रो स्वाभिमान,समृद्ध सखुवान्नकारकट्टी हाम्रो पहिचान ' भन्ने नारा सार्थक बनेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवको ठहर छ। स्वास्थ्य क्षेत्रमा सखुवान्नकारकट्टी गाउँपालिका अग्रगामी भुमिकामा रहेको यादवले जिकिर गरे। पालिकालाई नमुना उन्मुख निम्ति र चौतर्फी विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा अनिवार्य हुनुपर्ने धारण व्यक्त गरेको छ। शिक्षा , स्वास्थ्य , पुर्वाधार विकासमा ५० प्रतिशत पालिकाले काम पूरा गरिएको बताए । ६ करोडको लगानीमा प्रशासनिक भवनको काम विस्तार गर्दै दुर्त गतिमा काम भई रहेको बताएका छन। नमुना उन्मुखका निम्ति ५० बेडको स्वास्थ्य अस्पताल ,जुन मधेस प्रदेशमै अग्रनी हुने र यसका लागि छिटै सम्झौता गरिने बताएका छन।

Open photo

यो सँगै गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन, अबको आउने दिनमा ५ वटै वडाहरुलाई बजारमा रुपान्तरित गरिने बताएका छन। स्थानीय जनताको शिर झुक्ने काम नगरेको र नगर्ने बताउदै , शिर उठने काम गरेको र गरिदै जाने प्रतिबद्धता जनाएका छन। बढदोँ राजनीतिक बेतिथिका कारण झण्डा मेला महोत्सव नलागेकोमा दुखेसो व्यक्ति गर्दै आउने दिनमा विकास पहिचान र पर्यटनका निम्ति झण्डा महोत्सव अनिवार्य हुने अध्यक्ष केदारनाथ यादवले बताएका छन।

Open photo

जिल्ला रेडक्रस सोसाइटी सिराहाका सभापति राजदेव यादवका अनुसार - आयुर्वेद अस्पतालले आयुर्वेदिक क्षेत्रमा नयाँ क्रान्ति ल्याउने , र धेरै जसो विरामी घरबाटै सञ्चो हुने गरेको उनलेे जिकिर गरे। आयुर्वेदिक अस्पतालबाट २५/३० हजार स्थानीय लवाम्वित हुनेमा खुशी व्यक्त गर्नु भएको थियोे । चार कोठे नयाँ आयुर्वेद अस्पताल आजबाट संचालनमा आएपछि स्थानीय तथा छरछिमेकका स्थानीयहरुको स्वास्थ्य सेवामूलक सेवा प्रवाह हुने छ। जहाँ विभिन्न प्रकारका रोगका उपचार आयुुर्वेद औंषधिबाट हुने बताए ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१