Siraha Times
ताजा समाचार

पानबारी महराटोलमा सामुदायिक भवन उदघाटन सम्पन्न

  • फागुन १६, २०७८
  • ८९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान / १६ फाल्गुन। सिरहाको नरहा गाउँपालिका वडा नम्बर -२ पानबारी र महरा टोल गरि छुट्टाछुट्टै २ ठाउँमा आज सामुदायिक भवन समुदघाटन सम्पन्न भएको छ। प्रमुख अतिथि नेपाल सरकारको पुर्व कानुन , न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ द्वारा सो सामुदायिक भवनको उदघाटन सम्पन्न गरिएको छ। यो सँगै नरहा गाउँपालिका लामा टोलमा गाउँ कार्यपालिकाको ११ लाखको लगानीमा सामुदायिक भवनको शिलान्यास पनि आजै गरिएको छ। नरहा गाउँ कार्यपालिकाले आयोजना गरिएको सामुदायिक भवनको उदघाटन सत्रका अध्यक्षता गाउँपालिका अध्यक्ष रामशरण यादवले गर्नु भएको थियोे । गाउँमै सामुदायिक भवन, सामुदायिक विद्यालयले हितकर हुन्छ । अर्थात समग्र विकासका निम्ति मठ मन्दिर , सामुदायिक भवन , विद्यालय , सडक , शिक्षा , स्वास्थ , सिचाइँ,(कृषि ) लगायतका क्षेत्रले विकासका समग्रमा अनुभुती दिलाएको पुर्व मन्त्री श्रेष्ठले बताएका छन।

Open photo

क्षेत्रीय प्रतिनिधि सभा तथा नेकपा एमाले प्रदेश - २ सह-ईन्चार्ज लिलानाथ श्रेष्ठका अनुसार बराती, पाहुना , सामुदायिक छलफलका लागि सामुदायिक उपयुक्त भएको धारण राखेको थियोे । धनि जस्तै गरिवको जीवनस्तर सुधार हुने गरि विकासको क्रान्ति ल्याउनु पर्ने भनेका थियो । सुरक्षित नागरिक आवास कार्यक्रम, प्रधानमन्त्री रोजगार ग्यारेन्टी , ३ लाख ५२ हजारको लगानीमा आवास परियोजना जनतामा गौरवान्वित भएको बताएको छ। त्यसतै प्रदेश सांसद जगतारैन देवी साह, गाउँपालिका उपाध्यक्ष गुलाब देवी चौधरी, वडा अध्यक्ष अशोक साह, मनोज कुमार सिंह , लगायत सदाय र महरा समुदायका स्थानीयहरुको उपस्थिति रहेका थियोे । पुर्व मन्त्री लिलानाथ श्रेष्ठले सो दुई कोठे सामुदायिक भवनका लागि २५ लाख रकम छुटयाउनु भएको थियोे । सामुदायिक भवन विवाह, पाहुना , जेष्ठ नागरिकका लागि उपयुक्त भएको गाउँपालिका उपाध्यक्ष गुलाब देवी चौधरीले धारणा व्यक्त गरेका छ।

Open photo

यो सँगै प्रदेश सांसद नेतृ जगतारैन देवी साहका अनुसार स्थानीय , प्रदेश सरकारको सहयोगमा ५ वटै वडाहरुमा सामुदायिक भवन, विद्यालय बनेकोमा स्थानीय हर्षित हुनु स्वभाविक हुने बोलेकी थिइन । विकास र समृद्धिका निम्ति नरहा गाउँपालिका पछि नहट्ने नरहा गाउँपालिका अध्यक्ष रामशरण यादवले जिज्ञासा व्यक्त गरेका थियो । सामुदायिक भवन , अर्थात साझ सम्पत्ति गाउँमै बनेपछि सदाय बस्ती र महरा बस्ती हर्षित भएको देखिन्छ । सदाय बस्ती र महरा बस्तीको सामुदायिक भवनले विकास सँगसँगै समृद्धिको अधार र पहिचान दिलाएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले बताए ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

बालिका शिक्षा तथा सश ...

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक् ...

रसुवा भन्सारका १३ कर ...

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई नि ...

खेलकुदमार्फत स्वस्थ ...

रहमुल, लहान, ६ असार।“कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१