ताजा समाचार

सिरहा : देशलाई सहि दिशा दिन एकमात्र पार्टी नेकपा एमाले भएको सचीव भट्टराईको दावी

  • फागुन १५, २०७८
  • ११६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १५, फाल्गुन । देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी नेकपा एमाले रहेको पार्टीका केन्द्रिय सचीव योगेश भट्टराईले बताउनु भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर - ५ लक्ष्मीपुरमा नेकपा एमालेको ८ औं वडा अधिवेशन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै भट्टराईले देशलाई सहि दिशामा लैजाने एक मात्र पुरानो पार्टी नेकपा एमाले रहेको दावी गरे । पुर्व मन्त्री समेत रहेका भट्टराईले भने, ' देश विकासको लागि नेपाली जनतालाई एमालेको खाँचो छ। 'मधेश प्रदेशको विभिन्न समस्या सामाधान गर्न नेकपा एमाले सरकारमा रहेको बेला विभिन्न किसिमका योजनाहरु आगाडी सारेको बताए ।

Open photo

'कोविड महामारीमले विश्व नै प्रभावित रहेको बेला मुलुकमा एमाले पार्टीको सरकार थियो । कोविडबाट बँच्न देशको प्रत्येक गाउँपालिकामा १५ बेडको अस्पताल र नगरपालिकामा ५० बेडको अस्पताल बनाउन एमाले पार्टीको तत्कालीन सरकारले घोषणा गरेका थिए । बजेट पनि विनियोजन भएको थियो । तर अहिलेको नेपाली काङ्ग्रेसको बर्तमान सरकारले बजेट कटौती गरेको बाताउनु भयो । उनले भने , 'तराई मधेसका प्रत्येक जिल्लाको जिल्ला अस्पतालमा अक्सिजन पलान्ट बनाउनका निम्ति बजेट बिनियोजन गरेका थियौं, उक्त योजना पनि अहिलेको बर्तमान सरकारले कटौती गरेको खुलासा गरे ।

Open photo

तराई मधेस , हिमाल , पहाडको जिल्लाहरुमा पुर्वाधार निर्माण गर्न बजेट विनियोजन पनि भएको थियो त्यो पनि हालको नेपाली काङ्ग्रेसको सरकारले कटौती गरेको सचीव भट्टराईले सुनाए। विजुली , सडक , शिक्षा , स्वास्थ्य ,रोजगार लगायतका विकासका पुर्वाधारहरु एमाले पार्टीको पहिलो प्राथमिकतामा रहेकोले देशलाई सहिदिशामा लैजान एमाले पार्टी मात्र भएको भट्टराईको दावी छ । अर्को प्रसङ्गमा उनले भने, ' मधेस र पहाडको ऎतिहासिक काल देखिको सम्बन्ध भएको उल्लेख गरेका छन् । मधेस पहाडको रोटी बेटी, भाषा , संस्कृती र लबजको सम्बन्ध रहेकोले अब आउने तिनै तहको चुनावमा नेकपा एमाले देशको पहिलो पार्टी बन्ने छ,भन्दै उनले , 'नेपाली काङ्ग्रेसको नेतृत्वमा देश दिशाविहिन दिशातिर गईरहेको आरोप लगाए ।,

Open photo

कार्यक्रममा एमाले पार्टी बाट प्रतिनिधिसभाका लागी सिरहा निर्वाचन क्षेत्र नम्बर - ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य तथा संघिय सरकारका पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले किसानको मल खाद्यको समस्या सामाधान गर्न पार्टीबाट पहल भैरहेको बताउनु भयो । नेकपा एमालेको सरकार रहँदा देशमा आमूल परिवर्तनहरु भएको छ । २०५१ सालमा नेकपा एमालेबाट मनमोहन अधिकारी प्रधानमन्त्री रहँदा बृद्ध बृद्वाको सम्मानको लागि समाजिक सुरक्षा भत्ताको सुरुवत गरेको श्रेष्ठले स्मरण गराए ।

Open photo

सत्यनारायण यादवको अध्यक्षतामा संचालित कार्यक्रममा वडा नम्बर १ देखि ५ सम्मका सयौं जना बृद्व बृद्वालाई गम्छा र दौसाला ओढाई सम्मान गरेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवाहरु पार्टी प्रवेश गरेका थिए । जिल्ला समन्वय समिती सिरहाका उप- सभापति सरोजकुमार यादवले उदघोष गरेको कार्यक्रममा नेकपा एमालेका सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल सहित जिल्लाको हजारौं सक्रिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । स्थानीय तहको चुनाव नजिकिदै गर्दा पार्टीको निर्देशन अनुसार एमाले पार्टीले वडा ,गाउँ र नगर अधिवेशन जारी राखेका छन् ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤