ताजा समाचार

सिरहाको बिष्णुपुर गाउँपालिकामा नेकपा एमालेद्वारा जेष्ठ नागरिकलाई संमान

  • फागुन १४, २०७८
  • १०१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ फाल्गुन - सिरहाको बिष्णुपुर गाउँपालिकामा नेकपा एमालेद्वारा जेष्ठ नागरिक संमान तथा ८ औं वाडा अधिबेशन सम्पन्न गरीएका छन्। हाम्रो पार्टीले देशमा गरीबी हटाउन चाहन्छौ र बिश्वको सबै देशहरु हाम्रो मित्र राष्ट्र नै हो।वृद्ध वृद्धा जेष्ठ नागरिक तथा गरिब सुकुम्बासीहरुलाई रक्षा गर्ने र सहारा गर्ने पार्टी नेपाल कम्युनिस्ट नेकपा एमाले नै रहेको पुर्व नागरिक उडयान मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य सचिबले बताए। हरेक गाउँपालिकामा शिक्षा स्वास्थ तथा युवाहरूलाई स्वरोजगारको ग्यारेन्टी समेत एमाले पार्टीको जिम्मेवारी रहेको बताए। जेष्ठ नागरिकहरुलाई भत्ता दिने कार्यक्रम एमाले सरकारको पालामा भएको उनले प्रष्ट पार्नु भयो। एमाले पार्टी तराईलाई अन्नको भणडार तिर उन्मुख गर्न जान्छ। तराईलाई हरयाली बाताबरण बनाउन लागेका हुन्।एमाले पार्टी नै बिकास शिलपार्टी रहेको युवा नेता सरोज कुमार यादवले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा हजारौं जेष्ठ नागरिकहरुलाई संमान गरेका हुन।आउने एमालेको सरकारले नै तराई मध्येसलाई समृद्धि ल्याउने बताए।कार्यक्रममा हजारौं वृद्ध वृद्धाहरुको सहभागिता रहेको आयोजक समितिले जानकारी दिनु भयो। मधेसी जनताको हक अधिकारको लागी अवाज उठाउने पार्टी रहेको बताए। देशमा गरिबीको रेखा मुनी रहेको जनता उकास्न सरकार र सबै नेपालीको दाईत्व रहेको बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤