Siraha Times
ताजा समाचार

चुनावी चर्चामा जनमत पार्टीका युवा नेता मनोज कुमार ओझा

  • फागुन १३, २०७८
  • ९२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर / कपिलवस्तु कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १२ नरैनापुर बस्ने ,हाल कृष्णनगर नगरपालिका वडा नं २ का युवा समाजसेवी तथा युवा नेता मनोज कुमार ओझा नगरपालिका कृष्णनगरको मेयर पदका लागि चर्चा चलेको छ । कपिलबस्तु जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कृष्णनगर नगरपालिकाको मुख्य बजार कृष्णनगर क्षेत्रमा एक दशक भन्दा बढी समय देखि पत्रकारिता गरी कृष्णनगर आसपास को संपूर्ण क्षेत्र लाई परिचित समेत गराउने कार्य युवा नेता मनोज कुमार ओझाले गरेर आफ्नो एक अलग पहिचान बनाउन सफल भएका छन ।

युवा नेता ओझाले कृष्णनगर क्षेत्रको जनताले स्थानीय भाषाको रूपमा बोलने र पढन सकने हिन्दी भाषाको रूपमा खोज न्युज टुडे नामक साप्ताहिक पत्रिका दर्ता गराई नेपालको पहिलो हिन्दी साप्ताहिक पत्रिका संचालन गरी कृष्णनगर क्षेत्र लाई नेपाल भरी चिनाउने कार्य गरेको ले संपूर्ण कृष्णनगर नगरपालिका वासी र जिल्लावासी हरुको समेत मन जितना सफल भएका छन । युवा नेता ओझाले पत्रिका संचालन काल देखि नै डा.सीके राउतको न्युज प्रकाशन गर्दै आएका थिए ।डा.राउतले जनमत पार्टी दर्ता गरे पछि ओझाले सक्रिय रूपमा जनमत पार्टीमा लागेर हाल नगरपालिका कृष्णनगर क्षेत्रमा जनमत पार्टी लाई चिनाउन पनि सफलता प्राप्त गरिसकेका छन ।

ओझा जनमत पार्टी भ्रष्टाचार निवारण बिभाग जिल्लाअध्यक्ष पनि बन्न सफल भयएका छन । युवा नेता ओझाले कृष्णनगर-१०बकौली गाऊको विद्यालयमा शिक्षक पदमा रही आधा दशक भन्दा बढी शिक्षा क्षेत्रमा पनि योगदान दिएका छन। वर्तमान समयमा ब्राईटवे इंग्लिश बोर्डिंग स्कूल कृष्णनगर क्षेत्रमा संचालन गरी संस्थापक अध्यक्ष पनि छन । हाल नगरपालिकाको हरेक गांऊको चौक, चौकमा जनमत पार्टीको युवा मेयर पद प्रत्याशीको रुपमा मनोज कुमार ओझाको ब्यापक चर्चा भैरहेको स्थानीय, बुद्धिजीवी,शिक्षाप्रेमी र युवा हरू ले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१