Siraha Times
ताजा समाचार

नगरका किसान लाई प्रोत्साहन गर्न सधै तत्पर रहने :- नगर प्रमुख शाह

  • फागुन ११, २०७८
  • १००८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ११ बगरखेती विस्तार कार्यक्रम अन्तर्गत ०७८/७९ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिका वडा नं १ डिहवाका बगरखेती मा संलग्न किसानलाई प्रोत्साहन गरिएको छ l बगरखेती विस्तार कार्यक्रममा संलग्न डिहवाका कृषक लाई लहरेबाली सम्बंधित बिउ, विभिन्न प्रकारका बिषाधी,कम्पोस्ट मल तथा आटोमेटिक स्प्रे ट्यांङकी वितरण गरिएको कृष्णनगर नगरपालिका कृषि शाखाका अधिकृत सुदिप कुमार मौर्य ले जानकारी दिनुभयो l कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत चन्द राम चौधरी, वडा अध्यक्ष तुङ नाथ चौधरी लगायत अन्यको उपस्थितमा सामग्री वितरण गरिएको थियोl कृष्णनगर नगरपालिकाले कृषि पेशामा रहेका कृषक लाई विभिन्न समयमा बलफूल विरुवा वितरण, पानी तान्ने पम्पसेट वितरण, गहुँको बिउ, धानको बिउ, अनन्त तरकारी को बिउ, आटोमेटिक स्प्रे टंकी, तरकारी खेतीमा अनुदान, बाली संरक्षण सेवा बर्षभरी लगायतको कार्यक्रम हरू गरेर नगर भित्रका कृषक लाई प्रोत्साहित गरिएको बताउदै कोभिड १९ को संक्रमणको समयमा लकडाउनको अवस्थामा समेत कृष्णनगरका कृषक लाई बिउ विजन ल्याउन सहज गराएइएको साथै आफू नगरका किसान लई प्रोत्साहन गर्न सधै तत्पर रहने बताउनुभयो l

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१