सिरहा कांग्रेसमा रामसुन्दर चौधरी र रामचन्द्रबीच कडा टक्कर

  • फागुन ९, २०७८
  • ७३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/९ फाल्गुन। सिरहा कांग्रेसको जिल्ला अधिवेशन नजिकँदैछ । फाल्गुन १५ गते नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुने भएको छ । यसपाली जिल्ला सभापतिमा रामसुन्दर चौधरी र रामचन्द्र यादवले प्यानल बनाएर उम्मेदवारी दिँदैछ । दुवै जना प्रचार प्रसारलाई तिव्रता दिएको छ । कांग्रेस क्षेत्रीय प्रतिनिधिका अनुसार जिल्ला कार्य समितिको चुनावमा रामसुन्दर चौधरी र रामचन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ । रामसुन्दर चौधरीको प्यानलबाट दुई उपसभापतिमा गंगाराम यादव र नागेश्वर भुडेर(यादव), दुई सचिवमा रामचन्द्र यादव र अरुण सिंह छन् । रामसुन्दर चौधरी कांग्रेस सिरहाका दुई कार्यकाल उपसभापति भएका थिए । त्यसैगरी नागेश्वर, रामचन्द्र यादव र अरुण सिंह पूर्व क्षेत्रीय सभापति हुन् । दुई सहसचिव पदमा उम्मेदवार तय गरेको छैन् ।

यसैगरी रामचन्द्र यादवको प्यानलबाट दुई उपसभापतिमा सुनिल महतो र जागेश्वर मण्डल, दुई सचिवमा तार्केश्वर यादव र शैलेन्द्र यादव, दुई सहसचिवमा रामबाबु यादव, किरण वीसी रहेको छ । उपसभापतिमा उम्मेदवार भएका सुनिल महतो कांग्रेस लहान नगरका पूर्व सभापति हुन् । जागेश्वर मण्डल सुरुमा रामसुन्दर चौधरीको प्यानलबाट सहसचिवमा उम्मेदवारी दिने वचन दिएका थिए । रामचन्द्र यादवले कल्याणपुर नगरपालिकाका निलम्बित मेयर सुर्यनाथ मण्डललाई उपसभापति बनाउने तय गरेका थिए । तर, भ्रष्टाचार आरोपमा निलम्बनमा परेकाले जिल्ला अधिवेशनमा असर पर्छ भने सुर्यनाथ पछि हटेको कांग्रेस नेताहरुको भनाई छ । सोहीमा पदमा जागेश्वरलाई अफर दिएपछि उनी रामसुन्दर चौधरी प्यानल छोडेर रामचन्द्र यादवतीर लागेको थियो ।

रामसुन्दर चौधरी पक्षमा जिल्ला मुख्य नेताहरु सांसद प्रदीप गिरी, कांग्रेस केन्द्रिय सदस्य तथा सांसद पद्म नारायण चौधरी, पूर्व केन्द्रिय कोषाध्यक्ष तथा सांसद सितादेवी यादव, पूर्व सांसद अमियकुमार यादव(अमिरि), प्रदेश सांसद नरेश यादव, पूर्व सांसद डाक्टर गणेश मण्डल, अमर रेग्मी, पूर्व जिल्ला सचिव पंचलाल महतो, कांग्रेस महासमिति सदस्य डाक्टर सुभाषचन्द्र यादव लगायत लागेका छन् । गिरी स्वास्थ्य उपचारमा भारत जानुअघि जिल्ला अधिवेशनको सन्दर्भमा डाक्टर गणेश मण्डललाई दुतको रुपमा जिल्ला पठाएको कांग्रेस वृतमा चर्चा छ । डाक्टर मण्डललाई सिरहामा गिरिको विश्वास पात्र मानिन्छ । त्यसैगरी रामचन्द्र यादवको पक्षमा पूर्व सांसद मुख्तार अहमद, केन्द्रिय सदस्य मंजु खाड, प्रदेश महामन्त्री उपेन्द्र यादव छन् । कांग्रेस केन्द्रिय सदस्य तथा सांसद चित्रलेखा यादव तटस्थ रुपमा देखिएका कांग्रेस क्षेत्रीय प्रतिनिधिहरुको भनाई छ ।

१३ औँ जिल्ला अधिवेशनमा रामसुन्दर चौधरी, नरेश यादव र रामचन्द्र यादव उम्मेदवार भएका थिए । पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि पहिलो र दोस्रो भएका उम्मेदवारबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा रामसुन्दर चौधरीले रामचन्द्र यादवलाई सघाएपछि उनी निर्वाचित भएका थिए । रामचन्द्र यादवको कार्यकालमा स्थानीय तहको निर्वाचन, सांसद निर्वाचनमा सिरहामा कांग्रेसले लज्जास्पद हार खेपेपछि र विवादित घटनाहरु भएपछि नेतृत्व परिवर्तनको लागि जिल्लाका नेताहरुले रामसुन्दर चौधरीलाई उम्मेदवारको रुपमा अघि सारेको छ । ( लहान पोष्ट)

 

प्रतिक्रिया दिनुहोस

कर्णाली सम्मेलन एवं ...

रहमुल लहान १० मंसिर । महिला किसान कर्णाली सम्मेलन एवं प्रदेशस्तरीय सिकाइ शिविर गत मंसीर ८ ...

पर्सा प्रहरीको प्रसश ...

रन्जित चौरसिया वीरगंज १० मंसिर। अवैधानिक र विवादित संगठन समाजबादी प्रेस संगठन नेपाल पर्सा शाखाको उपा ...

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१