ताजा समाचार

पूर्व शिक्षालय प्रमुख विनोद चन्द्र झा र संजय यादवलाई भव्य विदाई

  • फागुन ८, २०७८
  • १३५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रमोद सहनी रौतहट रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालयका पूर्व शिक्षालय प्रमुख ई. विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञ्जय यादवलाई भव्य विदाई गरिएको छ । हाल अहिलेका नव शिक्षालय प्रमुख धनोज कुमार यादवले दुवै जनालाई शनिबार एक कार्यक्रमको आयोजना गरी भव्यताका साथ विदाई गरेको हो । शिक्षालयमा हुँदा दुवै जना राष्ट्रसेवक कर्मचारी भएर जनहितकारी कार्यहरु गरेको स्मरण गर्दै उनका समकक्षीहरुले दुवै जनालाई विधिवत स सम्मान विदाई गरेको हो । विदाई समारोह कार्यक्रममा सिभिल विभागका प्रमुख ई. नन्द किशोर राय यादवले “विगत पाँच वर्षदेखि शिक्षालयलाई भौतिक तथा शैक्षिक रूपमा र प्रत्येक जुन सुकै अवस्थामा यो शिक्षालयलाई देखेका थिए, त्यहाँबाट भव्यरुपमा बिकसित हुँदै आएको हो र हामी बिच अभिभावक बनेर जुन भूमिका निर्वाह गर्नु भएका छन,त्यो श्रेय चाहिँ पूर्व शिक्षालय प्रमुख झालाई दिन चाहन्छु ।”– भने । त्यसैगरी अङ्ग्रेजी विषयका शिक्षक रामानन्द यादवले आँखा भरी आँसु पुछ्दै पूर्व शिक्षालय झाको खुट्टा ढोग्दै दोसाला ओढाई फूलमालाका साथ सम्मान र बिदाई गरे। सोही क्रममा नयाँ शिक्षालय प्रमुखका रुपमा ई. धनुज कुमार यादवलाई स्वागत गरेका थिए। ई. विनोद चन्द्र झाको अध्यक्षता तथा ई. धनोज कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित विदाई समारोहमा शिक्षालयमा हुँदा उनीहरुले दिएको योग्दानको चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤