शहिदनगरमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

  • फागुन ७, २०७८
  • १०४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शनिबार नेपाली काँग्रेस र जसपाका नेता कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका छन् । शहिदनगर नगरपालिकाको वडा नम्बर ७ धबौली ताराटोलस्थित शनिबार दिउँसो भेटघाट कार्यक्रमको क्रममा धबौलीको चर्चित नेताहरुलाई नेपाल कम्यूनिष्ट पार्टी माओवादीमा प्रवेश गराएका हुन् । सो क्रमममा धबौलीमा चिरपरिचित नेपाली काँग्रेसका दिलीप मण्डल, जसपाका सुरेश मण्डल, डा. सरोज कुमार मण्डलसहित अन्य व्यक्तिहरुलाई माओवादीमा प्रवेश गराएको हो । सोही क्रममा धबौलीबाटै भुली पासमान , अजित मण्डल , फुल कुमारी पासमान , करिया पासमान , बिपती साह , नथु साह , रामचन्द्र साह , दिलिप मण्डल लगायतका नेता कार्यकर्ताहरुलाई मेयर बरबरियाले माओवादी पार्टीमा स्वागत गरेका थिए । धबौली जसपाका प्रदेश साँसद शैलेन्द्र यादवको स्थायी गाउँ हो । मेयर बरबरियाले उनीहरुलाई प्रवेश गराउँदै दलित, उत्पीडनमा परेका, हेपिएका वर्गको उत्थान र राज्यको मूलधारमा ल्याउनको लागि माओवादी पार्टी मात्र अग्रसर रहेको बताउँदै पार्टी प्रवेश गराएको हो ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१