ताजा समाचार

शहिदनगरमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

  • फागुन ७, २०७८
  • ११८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शनिबार नेपाली काँग्रेस र जसपाका नेता कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका छन् । शहिदनगर नगरपालिकाको वडा नम्बर ७ धबौली ताराटोलस्थित शनिबार दिउँसो भेटघाट कार्यक्रमको क्रममा धबौलीको चर्चित नेताहरुलाई नेपाल कम्यूनिष्ट पार्टी माओवादीमा प्रवेश गराएका हुन् । सो क्रमममा धबौलीमा चिरपरिचित नेपाली काँग्रेसका दिलीप मण्डल, जसपाका सुरेश मण्डल, डा. सरोज कुमार मण्डलसहित अन्य व्यक्तिहरुलाई माओवादीमा प्रवेश गराएको हो । सोही क्रममा धबौलीबाटै भुली पासमान , अजित मण्डल , फुल कुमारी पासमान , करिया पासमान , बिपती साह , नथु साह , रामचन्द्र साह , दिलिप मण्डल लगायतका नेता कार्यकर्ताहरुलाई मेयर बरबरियाले माओवादी पार्टीमा स्वागत गरेका थिए । धबौली जसपाका प्रदेश साँसद शैलेन्द्र यादवको स्थायी गाउँ हो । मेयर बरबरियाले उनीहरुलाई प्रवेश गराउँदै दलित, उत्पीडनमा परेका, हेपिएका वर्गको उत्थान र राज्यको मूलधारमा ल्याउनको लागि माओवादी पार्टी मात्र अग्रसर रहेको बताउँदै पार्टी प्रवेश गराएको हो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤