ताजा समाचार

लहानमा मुस्लिम सेवा सदनको सिल्यानास

  • फागुन ७, २०७८
  • १०६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ७, फाल्गुन । सिरहाको लहान नगरपलिकामा आज लहान मुस्लिम सेवा सदनको सिल्यानास भएको छ । लहान नगरपालिकाका नगर प्रमुख मुन्नी साह सुडिको प्रमुख आतिथ्यमा सदनको सिल्यानास गरिएको छ । नगरपालिकाको वडा नम्बर - ५ को वडा कार्यालयको पछाडी पट्टि उक्त सदन बन्ने भएको छ । सदनका लागि नगरपालिकाले एक कठ्ठा खुट्टीखोलाको सार्वजनिक जग्गा दिएको छ । वडा नम्बर - ५ का वडा अध्यक्ष तथा नव निर्मणाधिन सदनका अध्यक्ष समेत रहेका सुलेमान मिया अन्सारीको अध्यक्षतामा शिलान्यास कार्यक्रमको औपचारिक रुपले उदघाटन गरिएको थियो । कार्यक्रममा नगरपालिकाका उप- मेयर सरियार कुमारी चौधरी , वडा नम्बर - ११ का वडा अध्यक्ष राजकुमार साह , लहान नगरपालिकाका वकिल प्रमोद भट्टराई , सदनका पदाधिकारी लगायत पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤