ताजा समाचार

लहान नगरको माओवादी केन्द्रका सपथ ग्रहण सम्पन्न

  • फागुन ७, २०७८
  • १०१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ फाल्गुन - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नगर चुनावको करिब दुई महिना पछी लहानमा सम्पुर्ण निर्वाचित पदाअधिकारीहरुलाई सपथ ग्रहण गराएका छन। केन्द्र देश भरी नै केन्द्र कमिटी,प्रदेश कमिटी, नगरकमिटी,र वाडा कमिटीहरु गठन गर्न निर्देशन दिएका थिए।सिरहाको लहान नगरपालिकामा पुष ३ गते लहान नगरका लागी निर्वाचन गराएका थिए। लहान स्थित बृहत कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराएका छन।पार्टीका नवनिर्वाचित नगर अध्यक्ष हेमन्त कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पार्टीको केन्द्रिय स्थाई कमिटी सदस्य तथा मधेस प्रदेशको इन्चार्ज गणेश साह रहनु भएको थियोे।

बिशिस्ट अतिथिहरुमा पार्टीका केन्द्रिय सदस्य बिश्वनाथ साह रहेका थिए।अतिथिहरुमा प्रभाव शालीन नेता सुरेन्द्र साह श्रवण कुमार बरबरीया,सिरहा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य राम कुमार यादव,केन्द्रिय सदस्य हरि नारायण चौधरी,जगत प्रसाद यादव,पुर्व लहान नगर अध्यक्ष खडक नारायण चौधरी,पार्टीको लहान नगर प्रत्यासी बिजय गुप्ता, नेतृ सुधा यादव,युवा नेता अशान्द यादव,बिबेक परियार,जनप्रतिनिधि गणेश चौधरी लहान नगर कमिटीको सचिब उमेश साह,सुरेन्द्र यादव,जिल्ला समन्वय सदस्य देब नारायण महतो लगायत हजारौं नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी रहेका थिए। लहान नगरका सम्पुर्ण निर्वाचित पदाअधिकारीहरु र प्रत्यासीहरुको सहभागीता रहेको थियो।सपथ ग्रहण कार्यक्रम भब्य रूपमा सम्पन्न भएको आयोजक कमिटीले जनाए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤