ताजा समाचार

जनता प्रगतिशील पार्टी कपिलवस्तु संयोजकमा चक्रधारी

  • फागुन ५, २०७८
  • ८८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ५ जनता प्रगतिशील पार्टी कपिलवस्तु जिल्ला कार्यसमितिको संयोजक पदमा हरि प्रकाश पाण्डेय (चक्रधारी पाण्डेय) लाई मनोनयन गरिएको छ l लामो समय देखि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका पाण्डेय मधेस आन्दोलनमा समेत महत्वपूर्ण योगदान रहेको छ l जनता प्रगतिशील पार्टीको केन्द्रीय सदस्य समेत रहेका पाण्डेय लाई कपिलवस्तु जिल्लाको कार्यसमितिको विस्तार गर्न आवस्यक व्यक्तिको चयन पालिका तथा वडा समिति हरूको गठन गर्न समेत जिम्मेवारी तोकिएकै जानकारी जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले जानकारी दिनुभयो l जिल्ला संयोजक नियुक्त भएकोमा जिल्ला का विभिन्न ठांउका विकास श्रीवास्तव, चिन्नीलाल कुर्मी, सन्तराम यादव, राम रूप बरई, मनिहार मुसलमान, अंशु रैदास, गौरी शंकर यादव, मनोज मिश्र, घनश्याम पाठक लगायत अन्य व्यक्ति तथा समर्थक हरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै केन्द्रीय नेतृत्वलाई समेत धन्यवाद दिए l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤