ताजा समाचार

उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष बन्टी सरदार एमालेमा प्रवेश

  • फागुन ३, २०७८
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन ३ नेकपा माओवादी केन्द्रका नेता एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु शरण सिंह ( बन्टि सरदार ) आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेश गर्नुभएको जानकारी गराइएको छ । एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य चर्चित युवा नेता मिर्जा राशिद वेगको पहलमा सरदार लगायत हिम्मत सिंह, आत्मजीत सिंह, राम चन्द्र जयसवाल एमालेमा प्रवेश गरेको नेता बन्टिले जानकारी दिनु भयो ।

आज नै एमालेमा उहाँसगैं नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमालेले कपिलवस्तुले जनाएको छ । नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई , अजय पान्डे, दिल्ली राज पान्डे, भिम प्रसाद भट्टराई , सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । नेकपा एमालेमा आज प्रवेश गर्नु भएका बन्टी सरदारले आउने स्थानीय चुनावमा नगर कमिटी तथा पार्टीको निर्देशन अनुसार अगाडि बढ्ने बताउनुभयोl आउने समयमा कृष्णनगर क्षेत्रका अन्य चर्चित नेता हरू समेत नेकपा एमालेमा प्रवेश गर्नै सचिवालय सदस्य मिर्जा राशिद वेगले बताउनुभयोl

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤