Siraha Times
ताजा समाचार

पूर्ण भ्रष्टाचारमुक्त र शिक्षित गाउँपालिका बनाउने रोशन यादवको सपना

  • फागुन १, २०७८
  • १४१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/फाल्गुन १ गते। भ्रष्टाचारको अखड़ा बनेको बलान बिहुल गाउँपालिकामा शुन्य प्रतिशतमा झार्नु र शून्य अवस्थामा रहेको बलान बिहुलको शिक्षालाई उत्कृष्ट बनाएरै छोड़ने दावा गर्दा के सांच्चिकै कायापलट हुन्छ ? ३० वर्षिय एक स्थानीय युवक रोशन कुमार यादवको दावा र रहर रहेको बताईएको छ। युवक यादवका धारणा अनुसार अबको आउँदो चुनाव यदि मलाई चुनावी माहौलमा निर्वाचित गरे , भने निम्न क्रियाकलापमा सुधार ल्याउने धारणा बोकेका छन जस्तै-

म प्रमुख/मेयर/अध्यक्ष भए के गर्छु?

 १.शिक्षामा युगान्तकारी परिवर्तन ल्याउँछु, सामुदायिक विद्यालयमानै उत्कृष्ट शिक्षा दिने वातावरण सत प्रतिशत निर्माण गर्छु र यस क्षेत्रको अझै उत्कृष्टताको लागि बिशेष निगरानी गर्छु।

२. भ्रष्टाचारलाई शून्य प्रतिशतमा झार्छु।

३. बिशेष गरी पालिकाको कार्यालयलाई २४ घण्टा खुल्ला राख्छु ।

४. कार्यालय समयमा आ-आफ्ना कार्यमा ईमान्दार र वफादार नभएका कर्मचारीलाई बिना-समझौता निष्काशन गर्छु र आफ्ना कार्यप्रति जिम्मेवार तथा ईमान्दारलाई पुरस्कृत गर्छु।

५. अतिक्रमित सार्वजनिक जग्गालाई तत्काल खाली गराई ब्यबस्थित गर्छु।

६. आफ्ना ५ बर्षका हरेक एक दिनलाई अन्तिम दिनको रूपमा मानी देश तथा जनताको हक-हितका लागि कार्य गर्छु।

७. बर्तमान र नयाँ पिढ़ीलाई अनिवार्य शिक्षासँग जोड़ी सत प्रतिशत शिक्षित समाजको संरचना गर्छु।

८. बेरोजगार तथा अशिक्षित युवाहरुलाई चाहिने जति शिप/तालिम/ज्ञान प्रदान गरी आफ्नो जीविकोपार्जन र सुखी जीवनयापन गर्न सत प्रतिशत कार्य गर्छु।

९. १० प्रतिशत भन्दा पनि कम रहेको शिक्षामा महिलाको सहभागितालाई बिशेष अध्य्यन गरी ९० प्रतिशत भन्दा माथि पुर्याउने घोषणा गर्दछु।

१०. कृषिमा आधुनिकीकरण गर्छु र किसानको लागि एउटा छुट्टै संस्थाको समेत निर्माण गरी यो क्षेत्रलाई अझै उत्कृष्ट बनाउछु।

११. स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउछु।

१२. उद्योगहरुको स्थापनाको लागि प्रक्रियाहरु अगाडी बढाउँछु र आफ्नै ठाउँमा रोजगारको वातावरण सृजना गर्छु।

१३. देशले मलाई प्रदान गर्ने सम्पूर्ण सुबिधाहरुलाई शिक्षामा लगानी गर्छु र आफु एउटा राष्ट्र-सेवकको रुपमा कार्य गर्छु।

१४. आफु भ्रष्टाचार गरेको तथा भ्रष्टाचारसँग सम्बंधित कुनै कार्य गरेको प्रमाणित भए देशले प्रदान गरेको नेपाली नागरिकको पहिचान स्वरुप नागरिकतालाई समेत त्याग गर्छु र आफ्ना सम्पूर्ण सम्पति देशको नाममा गर्छु र देश निकाला हुन तयार रहन्छु।

१५. नेपाल सरकारले छुटयाईएको बजेट रकमलाई पूर्ण रुपमा पारदर्शी गरी जनताको सामुहिक प्रतिक्रियालाइ एनालिसिस गरेर आवश्यकता-अनुसारको कार्यलाई शून्य प्रतिशत भ्रष्टाचारमा अगाडी बढाउँछु।

१६. डिजिटल गवर्नेंस, जवफदेहिता र पूर्ण पारदर्शी ब्यबस्थाको सुरुवात गरी व्यवहारमा आउने गरी इम्प्लीमेंटेशन गर्छु।

१७. जनताको पहुँचलाई थप प्रभावकारी बनाउन बिधुतीय प्रणालीलाई पूर्ण असरदार बनाउछु।

१८. बिधुत, सड़कलाई प्रमुख प्राथमिकताका साथ राखी पहुँच नभएका ठाउँहरुमा यथाशीघ्र कार्य अगाडी बढ़ाउछु।

१९.खेलकुदमा युवा/युवतीहरुको सहभागिताको लागि एउटा स्टेडियमको निर्माण गर्छु। २०. माथि उल्लेखित एजेंडाहरुलाई पूरा गर्न गराउन एउटा निश्चित समय -सिमा निर्धारण गर्छु र सोही समय अवधीको भित्र असरदार तथा पारदर्शी तरिकाले कार्य सम्पादन गर्छु।

(काम गर्नको लागि इच्छाशक्ति चाहिन्छ।) - सन्दर्भ: बलान बिहुल गा.पा.

-रोशन कुमार यादव 

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१