ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा स्कुलको हता भित्र संचालनमा रहेको पालिकाको कार्यालय खाली गर्न जसपाको माग

  • फागुन १, २०७८
  • २३७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ माघ - सिरहाको नवराजपुर गाउँपालिकाको कार्यालय बिगत ४ बर्ष देखि जनता उच्च माध्यमिक बिधालय सोनवर्षाको ल्यावररी प्रयोजनको लागि बनाएको भवनमा गाउँपालिकाको कार्यालय संचालन रहेको भन्दै स्थानीय जसपाका नेताहरुले बिरोध जनाएका छन्। उक्त स्कुलमा करिब ६ सय विद्यार्थीहरु अध्ययनरतका स्थानीयहरुले बताए।गाउँपालिकाको बिकास निर्माणको कार्यमा प्रयोजन हुने मेसिन र बोर्डिङ पाईप समेत विद्यार्थी पढ्ने कक्षा कोठामा स्टोर गरेर राखिएको स्थानीयको ध्यानाकर्षण भएको छ।पुनः निर्वाचन आयोगले स्थानीय चुनाव गराउन लाग्दा हाल सम्म ४ बर्षको अब्धीमा गाउँपालिकाले आफनो भवन पुर्ण रूपमा तयारी गर्न नस्किदा बिडमंना र दु:खद कुरा रहेको छ। देश भरीका सम्पुर्ण जनप्रतीनिधीहरुको कार्यकाल सम्पन्न हुने अन्तिम समय रहेको छ्। स्कुलको भवन खाली नगर्दा स्थानीय नेता तथा जसपाका गाउँ पालिकाका प्रत्यासी शिव उदगार यादवको नेतृत्वमा एक समुहले भवन खालि गर्न गाउँपालिकामा शान्तिपूर्ण धर्ना आन्दोलन गर्न गर्न लागेका छन्।

यता गाउँपालिकाका अध्यक्ष बिश्वमोहन यादवका अनुसार गाउँपालिकाको भवन फिनिसिङ्ग हुन् लगभग अनतीम चरनमा रहेको छ्।पालिकाले फल्गुण ३ गते सम्ममा आफनो भवनमा कार्यालय संचालन गर्ने प्रत्यासी अध्यक्ष यादव संग एक छलफलमा बताए छन्। प्रत्यासी यादवका अनुसार गाउँपालिका संचालन भएको हालसम्म कुनै किसिमको पार्दशी र पालिका संग कुनै सूचना माग गर्दा समयमा उपलब्ध नगराएको आरोप लगाएका छन्। उक्त बिधालय पुरानो र नाउँ चलेको बिधालय मध्ये चर्चामा रहेका थिए। तर केहि बर्ष देखि उक्त गाउँपालिकाका सम्पुर्ण राजनीति दलहरुले पाठशाला हैन राजनीति अखडा अडा बनाउने गरेका छन्।पार्टीकै कार्यकर्ता भेला र सेमिनार सभा समेलन बाट पुर्स्द नरहेको देखिन्छ ।पढाईको कुरा तपरै जाओस् स्कुल जस्तो ठाँउमा ठुलो राजनीति कर्ण भएको छ। आउने पुस्ता र गरिब दलितको बच्चाहरुको भबिस्य कतातिर मोडीन्छ सामजले सोच्नु पर्ने अवस्था रहेको छ्।

उक्त बिधालय एउटा समस्याबाट ग्रसित मात्र होइन। दर्जनौं समस्याको पोका बनेको छ्।बिधालय ब्यवस्थापन समिति विघटन भएको लामो समय भयो तर राजनीति कर्णले गर्दा हाल सम्म बिधालय ब्यवस्थापन समिति बिहिन रहेको छ्। जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको बिधालय हुन्। स्कुलका प्रधानाअध्यापक लगायत शिक्षकहरु पनि राजनीतिदलहरुको पक्षधर बन्ने गरेको छ्। बिधालयको आम्दानी स्रोत प्राप्त हुँदा हुँदै पनि विद्यार्थीहरुको लागी होस्टेल बस्न बनाएको भवन समेत NMB बैंक संग सम्झौता गारी भाडामा दिएका छन्।बिधालयमा गुणस्तरीय शिक्षाको हिसाबले एकदमै न्यून रहेको देखिन्छ।बिधालय जस्तो ठाँउमा ठुलो राजनीतिको चिहार नै बनाएको छ्। बिधालयको गौर जिम्मेवारीकै कारणले गर्दा बिधालयको मुहार न फेरीको अभिभावकहरुको भनाई रहेको छ्।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤