ताजा समाचार

जनता प्रगतिशील पार्टीको केन्द्रीय महासचिवमा विकास प्रेमी नेता पूर्व मन्त्री मिश्रा चयन

  • माघ २९, २०७८
  • १४८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , माघ २९ जनता प्रगतिशील पार्टीको महासचिवमा कपिलवस्तुका नेता तथा पूर्व मन्त्री ईश्वर दयाल मिश्रा चयन हुनु भएको छ । हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीको केन्द्रिय महासचिवमा ईश्वर दयाल मिश्रा चयन हुनु भएको हो । जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टीको आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो। जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा पार्टी दर्ता गराइएको छ l अध्यक्षमा हृदयेश त्रिपाठी , बरिष्ठ उपाध्यक्षमा डा. शिव जी यादव, उपाध्यक्षमा हर्क लाल सिंह राजवंशी, उपाध्यक्षमा मोहम्मद साविर हुसेन, उपाध्यक्षमा फरहान अकबाल खां, महासचिवमा ईश्वर दयाल मिश्र तथा डा. भरत कुमार थापा लगायत रहेका छन् l कपिलवस्तु जिल्लाका विभिन्न ठांउका राम रूप बढ्ई, गोबर्धन मौर्य, त्रिलोकी यादव, राजमन चौधरी, हरिराम तेली, सहमा मुसलमान, बब्बु यादव, राघवेंद्र मणि त्रिपाठी, गुड्डू चौधरी, राजमन केवट, दिल बहादुर केवट, अंशु मिश्र, अनुराग पाण्डेय, देवराज चौधरी, बहाउ कुर्मी, पहलवान तेली, इन्द्रजीत यादव, नगेन्द्र मिश्र, जुनेद खां, वृजमोहन पासी, दिलसाद अहमद खां, लल्लू कोरी, राम रूप बरई लगायत हजारौं समर्थक ले कपिलवस्तु जिल्लाको विकास प्रेमी नेताको रूपमा परिचित रहेका ईश्वर दयाल मिश्र (बिरेन्द्र मिश्र) जनता पार्टी प्रगतिशील पार्टीको केन्द्रीय महासचिवमा चयन भएको कुरा जिल्लाको लागि राम्रो सूचक रहेको आकलन गरेका छन् l साथै महासचिवमा छनोट भएको प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤