ताजा समाचार

तलब माग गर्दा नसादलाई लहान ५ मा कुटपिट

  • माघ २९, २०७८
  • १७९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान २९ माघ । लहान ५ वडा कार्यालयमा काम गर्दै आएका नसाद शेखले आफ्ना तलब माग गर्दा उनलाई टाउँको फुटाएको छ । तलब माग गर्न वडा कार्यालय जाँदा त्यहाँ रहेका राजा मेस्तर, इसराईल मियाँलगायतले कुटपिट गरि बेहोश पारेको पीडित नसादले बताएका छन् । नसादले ‘मलाई पन्चिँगले हानेर टाउँको फुटाए ।’‘त्यसपछि लाती जुत्ताले कुटपिट गरे ।’‘त्यसपछि म बेहोश भए ।’‘केही छिनमा वडाध्यक्ष सुलेमान अंसारी आएपछि थप कुटपिट गर्न आदेश दिएका थिए ।’ ‘बजारको स्टल विवादमा पनि केही महिना उनीहरुले मेरो टाउँको फुटाएका थिए ।’‘त्यतिबेला १७ वटा टाँका लागेको थियो ।’‘ हामीले उनीहरुमाथी ज्यान मार्ने मुद्दा हालेका थिए ।’ ‘त्यही शिलशिलामा मुद्दा फिर्ता लिएपछि वडा कार्यालयमा जागिर दिएका थिए ।’‘ मुद्दा फिर्तापछि मेरो जागिर पनि चट भएको छ ।’‘ तलब पनि दिन मानेका छैन ।’ ‘म चार महिना काम गरेको छु ।’‘ १८ हजार प्रति महिनाको दरमा मैले तलब पाउँने भनिएको थियो ।’ ‘सोही तलबको पैसा लिन जाँदा मलाई कुटपिट गरी टाउँको फुटाएको छ ।’ ‘मलाई न्याय दिलाउँनुपर्छ ।’ भन्दै नसादले आज पत्रकार सम्मेलन आफ्ना कथन सार्वजनिक गरेको छ । लहान ५ को कार्यालयमा नसादलाई माघ २६ गते कुटपिट गरी टाउँको फुटाएको छ । उता, माघ २७ गते वडाध्यक्ष सुलेमान अँसारीले पत्रकार सम्मेलन गरी आफु निर्दोष हुन भनी जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤