बोदे बर्साईनका मेयर भन्छन्– दुःखद घट्ना भयो, पीडित परिवारलाई आवश्यक सहयोग गर्छाै

  • माघ २८, २०७८
  • ११२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

२८ माघ, बोदे बर्साईन । उमेश कुमार साह सप्तरी: बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले हालै घटना भएको बोदे बर्साईन नगरपालिका वडा नम्बर—१ धनगढी बस्ने २० वर्षका प्रमेश्वर साहले आफनै भउजू २७ वर्षीय राजकुमारी साहलाई शुक्रबार विहान घरमा खाना पाकई रहेको अवस्थामा शरिमा पेट्रोल छर्केर आगो लगाएको थियो । जलेर घाइते भएकी उनको उपचारका क्रममा शनिबार राती विराटनगरमा मृत्यु भएको थियो । महिलाको मृत्यु भएको घट्ना दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग गरिने बताएका छन् । बोदे बर्साईन नगरपालिकाका मेयर यादवले भने यो घटना अत्यन्त दुःखद भएको उल्लेख गर्दैै भने, ‘यो एउटा दुःखद घट्ना हो, मृतकमा श्रद्धाञ्जली अर्पण गरी पीडित परिवारमा समवेदना व्यक्त गर्छु ।’ मेयर यादवले मृतकका परिवारलाई नगरपालिका कार्यालयबाट निर्णय गरी आवश्यक सहयोग गरिने बताए । नगर प्रमुख यादवले मृत्यु भएकी राजकुमारी साहकी २ वर्षकी छोरी आरती कुमारी साहको पनि घटना हुँदा शरीरको विभिन्न भाग जलेको तथा खुट्टामा जलेको अवस्था रहेकोले , बोदे बर्साईनको अस्पतालमा गएर उपचार गराउन आग्रह र हामीले सहयोग गर्ने बताएका छन। नगर प्रमुख यादवले पिडित राजकुमारीका श्रीमान रविन कुमार साहलाई दोषीलाई कानुन बमोजीम कार्वाही गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१