ताजा समाचार

बच्चा चोरी गर्ने गिरोह जनकपुरबाट पक्राउ

  • माघ २७, २०७८
  • १००५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा ,माघ२७। जनकपुरमा ७ महिने एक नाबालकलाई चोरी गरेर भागेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोरी गरेर भागेकी एक पुरुष दुई महिलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर-१० बस्ने संजित मुखियाकी ३५ वर्षीया पत्नी मनिषा देवी मुखिया, धनुषाकै औरही गाउँपालिका वडा नम्बर-१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ बस्ने बिगुल मुखियाकी २० वर्षीया पत्नी किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर-४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् । बुधबार साँझ करिब ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका-६ स्थित महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् । प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरी एलिजा खातुन भाइसँग खेलिरहेको बेला रातो साडी लगाएर आएकी मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई शिशुलाई लिएर फरार भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा सोधपुछ तथा अनुसन्धानबाट बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम-१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले जानकारी दिए । घटनाको समयमा मनिषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको एसपी रजौरेले बताए । पक्राउ परेका कृष्ण कुमारले मनिषासँग १३ हजार रुपैयाँ लिई बच्चा उपलब्ध गराउने सर्त राखेको कुरा अनुसन्धानमा खुलेको उनले जानकारी दिए । पक्राउ परेकाहरूमाथि अपहरणसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤