ताजा समाचार

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा बालबिकासका शिक्षहरु आन्दोलीत

  • माघ २७, २०७८
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ माघ - सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा तालाबन्दी गरेका छन्। संघीय सरकार र स्थानीय सरकारले तोकिएको बमोजिम तलबको माग गर्दै बालबिकासका शिक्षिका र बिधालय कर्मचारीहरु आन्दोलित भएका छन्। माघ १६ गतेदेखि नै गाउँपालिकाको अगाडीमा धारणा राख्दै आएका छन्। उक्त गाउँपालिका अन्तर्गत आधारभुत र माबी गरी जम्मा १७ वटा बिधालय रहेका छन्।ऊनीहरुले स्थानीय तह बाट ७ हजार र संघीय सरकारबाट ८ हजार गरी जम्मा १५ हजार पाउनु पर्ने भन्दै आक्रोश हुँदै गाउँपालिकामा तलाबन्दी गरेका छन्। पछिल्लो असोज ११ गते आन्दोलन गरेका थिए। माग अनुसारको तलब नपाउँदा ऊनीहरुले पटक पटक आन्दोलन गर्दै आएका छन्। स्थानीय सरकारले केही वास्ता नगरी उनीहरु निरन्तर आन्दोलन गर्दै आएका छन्।स्थानीय सरकार र संघीय सरकारले तोकिए बमोजिम तलब र सेवा सुबिधा नपाए सम्म आफू आन्दोलनमा रहने आन्दोलन समितिका अध्यक्ष राम कुमार यादवले बताए।

Open photo

ऊनीहरुले संघीय सरकारले तोकेको रकम प्रति महिना ८ हजारको दरले आउँदै आएका थिए।पछिल्लो समय आन्दोलन गर्दा गाउँपालिकाले प्रति ब्यक्ती २५ सय रुपैयाँ थप गर्दिएको छु गाउँपालिकाको अध्यक्ष राम बलब साहले बताउनु भयो। गाउँपालिका अध्यक्ष रामबलब साहका अनुसार सरकारले बजेट बिन्योजन गर्दा स्थानीय तहका पालिकाहरुलाई फ्साएको छ्। केन्द्रले जुन रकमको लागी निर्णय गरी गाउँपालिकामा ४ किसिमको बजेट दिन्छ यीनिहरुलाई पैसा भनेको सस्क्त बाट पाउने हो।

Open photo

गाउँपालिकामा रकम अपुग रहेको भन्दै आफू पछिल्लो आन्दोलनमा गाउँसभाबाट २५ सय रुपैया प्रति शिक्षिकालाई थपगरी दिदै आएका छौँ। अब पालिकामा त्यो शिर्षकमा रमक नरहेको काहा बाट दिने उनले प्रष्ट पारेका थिए। तलाबन्दी गरोस् या धारणामा बसो पालिकामा रम नरहेको कहाँबाट दिने उनले बताए। पालिकामा लगाएको तल्चा आन्दोलित पक्ष संग गाउँपालिका अध्यक्षले कुनै सम्झौता नगरी प्रहरी लगाएर तल्चा फुटाएको असन्तुष्ट रहेका बालबिकासका शिक्षिका र बिधालय कर्मचारी पक्षको आरोप रहेको छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤