ताजा समाचार

आंखा शिविर संचालन गरि दिएको सेवा प्रति अस्पताल लाई हृदय देखि धन्यवाद :- संचारकर्मी खान

  • माघ २७, २०७८
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णानगर/कपिलवस्तु संचारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा कृष्णानगर नगरपालिका वड़ा नं.१० को‌ बकौली तथा अमौलीमा संचालन‌ भएको २ दिने आंखा चेक चाज शिवीरमा २७३ जनाको चेक चांद गर्दा ६१ जना मोतियाबिंदका विरामीलाई छन्द कालेबाबु नारायणी आंखा अस्पताल बहादुरगंजले आफ्नै सवारी साधन प्रयोग गरि विरामीहरु लाई अस्पताल लगि निशुल्क आप्रेशन गर्ने तयारी गरेको र ७५ जना आंखा विरामी लाई चश्मा तथा १२० जनालाई औषधी वितरण गरेको अस्पताल प्रशासनले बताएको छ। नेत्र ज्योति संघ, छन्द (कालेबाबु)‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌।

नारायणी आंखा अस्पताल बहादुरगंजले कपिलवस्तु जिल्ला भरिको ग्रामीण क्षेत्रमा पुंगेर अस्पताल सम्म पुग्न नसक्ने गरिब पिडीत असक्षम तथा वृद्धाहरुको लागि आंखा शिवीर‌ संचालन गरि मोतियाबिंदका बिरामीहरु लाई निशुल्क आप्रेशन, चश्मा लाग्ने विरामी लाई निशुल्क चस्मा तथा औषधी बाट निको हुने विरामी लाई निशुल्क औषधी वितरण गरेको‌ सेवा आफैमा सराहनीय तथा प्रशंसा योग्य रहेको र कृष्णनगर नगरपालिका वडा १० का जनता लाई शिविरको माध्यमले २७३ जनालाई दिएको सेवा प्रति अस्पताल प्रशासन, स्वास्थ्यक्रमी,तथा सहयोगीहरुलाई हृदय देखि धन्यवाद र आगामी दिनमा पनि उक्त अस्पताल बाट यस्ता कार्यक्रमहरु संचालन गरि गरिब पिडीत असक्षम तथा वृद्धहरु लाई सेवा तथा सहयोग गर्ने आशा रहेको संचारक्रमी शहबाज खानले बताउनु भयो। उक्त २ दिने आंखा शिविर कार्यक्रम सफल बनाउनाको लागि पुर्व प्रधान मनबहाल खां, दिलशाद अहमद खां,बलवन्त गुप्ता, देविदिन यादव,मुर्तुजा खां लगायतहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤