ताजा समाचार

सप्तरीमा पेट्रोल छर्केर मृत्यु भएकी महिलाको घटना स्थल गर्न : राष्ट्रिय महिला आयोग टोलिद्धारा अनुगमन

  • माघ २४, २०७८
  • १२५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह २४ माघ, बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर—१ धनगढी बस्ने २० वर्षका प्रमेश्वर साहले आफनै भउजू २७ वर्षीय राजकुमारी साहलाई शुक्रबार विहान घरमा खाना पाकई रहेको अवस्थामा शरिमा पेट्रोल छर्केर आगो लगाएको थियो । जलेर घाइते भएकी उनको उपचारका क्रममा शनिबार राती विराटनगरमा मृत्यु भएको थियो । सो घटना स्थल गर्न राष्ट्रिय महिला आयोगका काठमाडौका टोलीले पीडितको घर अनुगमन गरेको छ ।राष्ट्रिय महिला आयोग नेपाल की अध्यक्ष कमला पराजुलीले पिडित राजकुमारीका श्रीमान रविन कुमार साहलाई दोषीलाई कानुन बमोजीम कार्वाही गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै घटना बारे थप सत्यतथ बुझने बताए । राष्ट्रिय महिला आयोग सदस्य जया घिमिरे, वडा अध्यक्ष धिरेन्द्र कुमार यादव मानव अधिकारकर्मी रेणु कर्ण,पत्रकार लगायतको उपस्थिति रहेको थियो । घटना स्थलको निरीक्षण सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक अवि नारायण काप्ले पनि गरेका छन् ।

मृतककी ८ वर्षीय छोरा क्रियामा मृत्यु भएकी राजकुमारी साहकी २ वर्षकी छोरी आरती कुमारी साह र ८ वर्षका छोरा जितेन्द्र कुमार साह रहेको छ । लहानका निजि विद्यालयमा एल.के.जी कक्षमा पढदैँ गरेका बालकलाई आमाको क्रियाकाजमा बस्नु परेको छ । राष्ट्रिय महिला आयोगका टोली पुगेपछि सानो बालकको गहभरीको आँसुले सबैलाई रुलायो । घरेलु काममा ब्यस्त रहने राजकुमारीलाई सिलाई कटाईको सिप थियो । घरेलु काम सकाएर घरमै कपडा सिउने काम पनि गरिरहेको थियो । मृतककी श्रमान् रविन कुमार साहले भने २ वर्षकी छोरीले आमालाई खोजी रहेछ कहाँ बाट उनको आमालाई म ल्याई दिउँ अहिले म छोरीलाई मामा गाउँ पठाएकोछु, घटना घटाउने दोषीलाई कार्वाही हुनुपर्छ उनले आयोगका टोली सँग माग गरे । श्रीमान कामले बोदे बसाईन बजार र सासु आमा नजिकै बारीमा पराल ल्याउन गएकोले कोही घरमा नभएको मौका छोपी शरिरको विभिन्न भागमा पेट्रोल छर्केर आगो लगाई देवर प्रमेश्वर साह फरार भयो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤