Siraha Times
ताजा समाचार

लहान ७ स्थित संचालनमा ओम पोलिकिल्निकको ५ पाँचौ बर्ष पुरा गरी ६ ठऔं बर्षमा प्रवेश

  • माघ २४, २०७८
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा माघ २४ गते - सिरहाको लहान नगरपालिका ७ स्थित संचालनमा रहेको ओम पोलिकिल्निक एन्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सिपट भएको छ। बिगत ५ बर्ष देखि लहानमा स्वास्थ सेवा दिदै आएका थिए। उक्त किल्निकले ५ पाँचौ बर्ष पुरा गरी ६ ठऔं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा पुरानो ठाँउबाट नयाँ सुबिधा सम्पन्न ठाउँमा सारेको प्रमुख डा.ओम प्रकाश चौधरीले जानकारी दिनु भयो। संचालन भएको समय देखी निरन्तर सेवा प्रदान गर्दै आएका छन। दर्जनौं विशेषज्ञ डाक्टरहरुको टिमले सबै किसिमको बिरामीहरुको जाँच गर्ने गरेका छन्। सिरहा जिल्लामा संचालनमा रहेको धेरै किल्निकहरुको तुलनामा उक्त किल्निकले बिश्वासनिय स्वास्थय उपचार संगै परामर्श समेत दिने गरेको छ।स्थानीय डा.ओम प्रकाश चौधरीले हाड जोर्नी नशा तथा ट्रमा सर्जन समेत रहनु भएको छ्।बाकी काम गर्नु भन्दा आफ्नै समाजमा सेवाको भावनाले उक्त स्वास्थय संस्थाको स्थापना गरेको हो।

उक्त संस्थाले सल्यक्रिया तथा ल्याप्रोस्कोपिक सर्जन डा.सैलेन्द्र साह,फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा.कृष्ण कुमार साह,डाईबिटीज,थाइराईड तथा हर्मोन रोग विशेषज्ञ डा.सितेश कुमार गोईत,महिला तथा प्रसुती रोग विशेषज्ञ डा.गिता यादव,जेनरल फिजिसियन डा.मनोज सुबेदी,नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.अभय चन्द्र यादव,छाला यौन तथा कुष्ठ रोग भिभाग लगायतका डाक्टरहरुको सेवा ओम पोलिकिल्निक एन्ड अर्थो केयर सेन्टरमा प्रदान गर्ने गरेको छ। एक बृहत कार्यक्रमको आयोजना गरी उत्सव मनाई नयाँ भवनमा सारेको छ्। लहान नगरपालिकाको वाडा नम्बर ७ का वाडा अध्यक्ष राकेश रोशन गुप्ताको र वाडा नम्बर ८ का अध्यक्ष बिजय महतो र नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष दिनेश्वर गुप्ता,बर्तमान अध्यक्ष मनोज बनैता, सरगम एफको संचालक र प्रबन्धक फिरोज शेख, गोरखा पत्रकारका लहान सम्बादाता जिबछ उदासी लगायतका उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१