ताजा समाचार

राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा १०९ घर धुरी बिपन्न परिवारलाई राहत

  • माघ २२, २०७८
  • १०१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ माघ - राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा १०९ घर धुरी बिपन्न परिवारलाई राहत वितरण गरिएको छ। सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ ,५,८, र १० मा वितरण गरेका छन्। गोलबजार नगरपालिका भित्र रहेका धर्मपुर,मुक्सार,चोहर्खा सदाय टोल लगायत ठाँउहरुमा राहत सहयोग गरेका हुन्। मजदुरी बाहेक अरु आमदानीको श्रोत नभएको र भुमिहिन सुकुम्बासी र ज्यालादारीमा काम गर्ने ब्यक्तीहरुलाई राहत सहयोग गरीएको कृषक महासंघका प्रतिनिधि राम सेवक रामले बताए। गोलबजार नगरपालिका भित्रका ५ पाँच वटा वाडाका जम्मा १०९ घर धुरी अति बिपन्न परिवारलाई दुई महिना खान पुग्ने दाल ,चामल, लगायत प्रती ब्यक्ती १३तेह्र हजार ३ सय ३३ रुपैया मुल्य बराबरको राहत सहयोग गरीएको बताउनु भयो। पछिल्लो बर्षहरुमा पनि महासंघले बिपन्न् बस्तीहरुमा राहत सहयोग गरेको राष्ट्रिय कृषक समुह महासंघ नेपालका जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवारले बताए।

उक्त राहत जनप्रतिनिधि तथा वाडा नम्बर ८ का वाडा अध्यक्ष नागेन्द्र सिंह महतोको रोहवरमा वितरण गरेका थिए। महतोका अनुसार महासंघ र केयर नेपालको सहयोगमा बिपन्न समुदायमा जाडाे मौसममा काम गर्न कठिन हुँदा गरिब दलितहरुलाई राहत सहयोग गरेको उनले बताए। राहत पाकाएका बिपन्न परिवारहरुले खुशी हुँदै आयोजक संस्थाहरुलाई धन्यवाद दिदै राहत लिएर घर फरर्किएका थिए। महासंघले समाजमा विभिन्न किसिमको समस्यामा परेका किसानहरुको हक हितको लागी काम गर्दै आएका छन। सिरहा,सप्तरी लगायतका किसानहरुको समस्या सुने संस्थाको रूपमा चर्चित रहेका जिल्ला परियोजना अधिकृत दिलिप कुमार साहले बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤