कपिलवस्तु कृष्णनगर नगरपालिकाका नगर प्रमुख शाहसहित हजार बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

  • माघ २२, २०७८
  • १०१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, माघ २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह सहित बहुसंख्यक व्यक्ति नेपाली कांग्रेस वृहत पार्टी प्रवेश कार्यक्रम मार्फत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् l कार्यक्रमकाे सभापतित्व नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम , कार्यक्रममा प्रमुख अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन मगर , कार्यक्रममा बिशिष्ट अतिथिहरु नेपाली कांग्रेस प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य , प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , लुम्बिनी प्रदेश पर्यटन ग्रामीण सहरी विकास राज्यमन्त्री रिना नेपाल ,अतिथिहरु कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह रहनुभयोl कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमर सिंहले नगर प्रमुख शाहको पार्टी प्रवेशले कपिलवस्तुमा नेपाली कांग्रेस झन बलियो बनेकाे, सबै प्रवेशिका साथिहरु लाई हार्दिक स्वागत तथा बधाई दिए, लाेकतान्त्रिक पार्टी भनेकाे केवल नेपाली कांग्रेस मात्र हाे, सबैलाई समाबेश गर्ने पार्टी भएकाले सबैलाई समेटेर अगाडि बढिरहेकाले जनताकाे लहर नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले आफू नगरको विकास मा सधै रहने बताउदै जनताले फेरि आउने चुनावमा मूल्यांकन गर्ने, आफू स्वतंत्र रहेर नगर विकास गर्न खोज्दा विभिन्न तत्वहरू विरोध गर्न लागे पनि आफू जनताको हित अनुसार काम गरिरहने बताउनुभयो l उक्त पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्ष राम मिलन चौधरी, निर्वाचित वडा सदस्य गरिराज मिश्र लगायत अन्य वडा सदस्यहरू ,निरभय सिंह , वरुण कुमार सिंह लगायत करिव ५०/५५ जना लाई टीका माला लगाएर प्रमुख अतिथि अमर सिंह पुन मगरले पार्टी प्रवेश गराएकाे भएता पनि हजारौं जनाकाे नाम लिष्ट पार्टी प्रवेश गरिएको सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१