ताजा समाचार

कृष्णागर नगरपालिका प्रमुख शाह कांग्रेस प्रवेश गर्दै

  • माघ २१, २०७८
  • ११८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लालु चौधरी / माघ २१ कपिलवस्तुको कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने वताईएको छ । नगरप्रमुख शाह सनिवार एक कार्यक्रमका विच नेपाली कांग्रेसमा प्रवेश गर्न लागेको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका नेता प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले नगरप्रमुख शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने वताउनुभएको छ । मेयर शाह संगै वडा अध्यक्षहरु पनि प्रवेश गर्ने तयारी रहेको वुझिएको छ । २०७४ सालको स्थानीय तहको निर्वातनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वपूर्ण तरिकाले हेरिएको छ । कोभिड १९ को कारण सामान्य तयारी गरेर पार्टि प्रवेश गराउने कांग्रेसले तयारी गरेको छ । मेयर शाहलाई कांग्रेस प्रवेश गराउन नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुन , महामन्त्री सुरेन्द्रराज आर्चाय , पार्टिका नेता तथा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , जिल्ला सभापति अव्दुल कलाम लगाएतका नेताहरु कृष्णनगर जाने कार्यक्रम रहेको छ । मेयर शाहले आफु कांग्रेस प्रवेश गर्न लागेको कुरा आफनो सामाजिक संजाल फेसवुकवाट पनि जानकारी दिनुभएको छ

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤