ताजा समाचार

लहान ३ मा २ करोडको शिव मन्दिर निर्माण हुँदै

  • माघ १९, २०७८
  • १२४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ माघ - सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित रघुनाथपुरमा करिब २ करोडको लगानीमा शिव मन्दिरको निर्माण हुन् लागेको हो। करिब २ महिना अगाडि समाजसेवी तथा नेपाल मानव अधिकारका सिरहा संयोजक चन्द्र नारायण कुशवहा र स्थानीय समाज सेवी राजेन्द्र कामैतले मन्दिरको शिलान्यास गरेको थियो। ४८ फिट लम्बाई र ४६ फिट चौधरीको मन्दिर निर्माण हुन् लागेका हुन्।उक्त मन्दिरमा स्थानीय समाजसेवी तथा माँ धमिनी हस्पिटल प्रा.लि.का संचालक ओम सिंहले मन्दिरको निर्माणको सुरु देखि निर्माणको फिनिसिङ्ग सम्मको बालुवा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ्।

निजले पछिल्लो बर्षहरुमा पनि समाजिक मठ मन्दिरहरुमा र धार्मिक संस्थाहरुमा सहयोग गर्दै आएका छन्।सिंहले लहान कन्ट्रक्सनका संचालक समेत रहेका हुन्।ओम सिंहले सानै उमेर देखि समाजिक काममा समाजको हित हुने काममा अग्रनी भुमिका खेल्दै आएका छन।यहाँ मात्रै हैन पछिल्लो समय उनले कोरोना कहरमा पनि बिपन्न समुदायमा सहयोग गर्दै आएका थिए। सिंहले मन्दिर निर्माण सम्ममा लाग्ने बालुवाको जिम्मेवारी लिएका हुन्। हाम्रो हिन्दु समाजमा मठ मन्दिरहरुलाई विशेष मानिने प्रम्परा रहेको धार्मिक ब्यक्तित्वहरुको भनाई रहेको छ। उक्त मन्दिर निर्माण समितिको अध्यक्षमा स्थानीय बुद्धि जिबी तथा समाजसेवी फुलेश्वर महतोले मन्दिर निर्माण समितिको अध्यक्ष रहनु भएको छ भने महेश कुशवाहाले कोषाअध्यक्षको जिम्मेवारी समहाल्दै आएका स्थानीय कुशवाहा समाजका लहान नगर अध्यक्ष रामु महतोले जानकारी दिनु भयो। उक्त मन्दिर दाताहरुको सहयोगले नै निर्माण हुने गरेको छ। मन्दिर निर्माणमा अरु दाताहरुको आर्थिक सहयोगको अपेक्षा रहेको स्थानीय ओम सिंहले बताए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤