संचारकर्मीहरुलाई निश्पक्ष कलम चलाउन मुख्यमन्त्री राउतको आग्रह

  • माघ १७, २०७८
  • ७३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, माघ १७ । मुख्यमन्त्री लालबाबु राउतले संचारकर्मीहरुलाई निर्भिक भएर निश्पक्ष कलम चलाउन आग्रह गर्नु भएको छ । आमसंचार प्राधिकरण मधेश प्रदेश द्वारा राष्ट्रिय समाचार समितिका मधेश स्थित समाचारदाताहरुको लागि आयोजना गरेको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले संचारकर्मीहरुले निश्पक्ष कलम नचलाए सम्म आम जनमानसले न्याय पाउन नसक्ने बताउनु भयो । सरकारको कमिकमजोरी औल्याई सही मार्ग निर्देशन गर्ने जिम्मा संचारकर्मीहरुको रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सरकारले गरेका राम्रा र जनपक्षीय कार्यहरु जनतामा पु¥याउने जिम्मेवारी समेत संचारकर्मीहरुकै रहेको उल्लेख गर्नुु भयो ।
समाज परिवर्तनको जिम्मा जनप्रतिनिधिहरुको मात्र नरहेको जिकिर गर्नु हुँदै उहाँले समाजिक रुपान्तरणका लागि सबै पक्ष एक जुट हुनु पर्ने धारणा व्यक्त गर्नु भयो । प्रदेश सरकारले समाजिक रुपान्तरणका लागि गरेको जनपक्षीय कार्यहरुलाई वाईपास गर्दै नाकारात्मक प्रचार प्रसार मात्र गर्नाले प्रदेशको प्रतिष्ठा गुम्ने तर्फ सचेत गराउदै मुख्यमन्त्री राउतले त्यस तर्फ सचेत हुन आग्रह गर्नु भयो ।कार्यक्रममा आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले शासक वर्गमा अझै केन्द्रिकृत मानसिकता कायमै रहेको मधेश सरकारलाई का मगर्न समस्या भै रहेको दावी गर्नु भयो । मधेश सरकारले समाजिक रुपान्तरणका लागि गरेको कामहरुको प्रचार प्रसार मधेश भन्दा बढी अन्य प्रदेशमा भै रहेको उल्लेख गर्नु हुँदै मन्त्री साहले प्रदेश सरकारको कामकाजको स्वामित्व सरकारले मात्र नभई प्रदेशको सबै नागरिकलाई लिन आग्रह समेत गर्नु भयो । आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राई सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

जसपा नेपाल लहानद्वार ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१