ताजा समाचार

धनगढीमाई नगरपालिकामा स्वमुल्यांकन सम्बन्धि अभिमुखिकरण

  • माघ १५, २०७८
  • १४६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १५, माघ । सिरहाको धनगढीमाई नगरपालिकामा शुक्रबार स्थानीयतह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको कार्यप्रकृया र उपलब्धिहरुको सबल र दुर्बलपक्षको लेखाजोखाको पहिचान गर्दै विकास तथा सुशासनमा रहेको कमि कमजोरीको जानकारी लिई प्रतिस्प्रधात्मक सुधारमा स्थानिय तहलाई सक्षम र प्रभावकारी बनाउने उदेश्यले तालिम संचालन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगालेले बताए । नगरपालिकाको आयोजनामा संचालित अभिमुखिकरण कार्यक्रममा नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि - २०७७ को बारेमा विशेष रुपमा छलफल गरिएको अभिमुखिकरण कार्यक्रममा सहभागी मध्ये एक जना वडा सचीव रामउदगार यादवले बताएका छन् ।

Open photo

स्वमुल्यांकन कार्यविधिका सुचकहरु : शासकिय प्रवन्ध , संगठन तथा प्रशासन , वार्षिक बजेट तथा योजना व्यवस्थापन , वित्तीय तथा आर्थिक व्यवस्थापन , सार्वजनिक सेवा प्रवाह, सामाजिक समावेशीकरण लगायतको बारेमा दुई दिनको अभिमुखिकरण कार्यक्रममा विशेष रुपले छलफल गरिएको नगरपालिकाका जिन्सी शाखा प्रमुख सम्पैत यादवले बताउनु भयो । नगरप्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा कार्यक्रमको समापन गरिएको जानाईएको छ । मन्त्रालयले जारी गरेको कार्यविधिको सम्पुर्ण सुचक पालना गर्न विषयगत सम्पुर्ण कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । धनगढीमाई नगरपालिकाका आर्थिक प्रशासन शाखा , राजस्व , कृषि , स्वास्थ, पशु , जिन्सी लगायत सम्पुर्ण शाखाका प्रमुखहरु , नगरपालिकाका १४ वडाका वडा सचीवहरुको सहभागीता रहेको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपसचिव अग्नि प्रसाद अधिकारी , मन्त्रालयकै वातावरण शाखाका डा. ईन्दिरा पराजुलीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤