धनगढीमाई नगरपालिकामा स्वमुल्यांकन सम्बन्धि अभिमुखिकरण

  • माघ १५, २०७८
  • १३०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १५, माघ । सिरहाको धनगढीमाई नगरपालिकामा शुक्रबार स्थानीयतह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको कार्यप्रकृया र उपलब्धिहरुको सबल र दुर्बलपक्षको लेखाजोखाको पहिचान गर्दै विकास तथा सुशासनमा रहेको कमि कमजोरीको जानकारी लिई प्रतिस्प्रधात्मक सुधारमा स्थानिय तहलाई सक्षम र प्रभावकारी बनाउने उदेश्यले तालिम संचालन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगालेले बताए । नगरपालिकाको आयोजनामा संचालित अभिमुखिकरण कार्यक्रममा नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि - २०७७ को बारेमा विशेष रुपमा छलफल गरिएको अभिमुखिकरण कार्यक्रममा सहभागी मध्ये एक जना वडा सचीव रामउदगार यादवले बताएका छन् ।

Open photo

स्वमुल्यांकन कार्यविधिका सुचकहरु : शासकिय प्रवन्ध , संगठन तथा प्रशासन , वार्षिक बजेट तथा योजना व्यवस्थापन , वित्तीय तथा आर्थिक व्यवस्थापन , सार्वजनिक सेवा प्रवाह, सामाजिक समावेशीकरण लगायतको बारेमा दुई दिनको अभिमुखिकरण कार्यक्रममा विशेष रुपले छलफल गरिएको नगरपालिकाका जिन्सी शाखा प्रमुख सम्पैत यादवले बताउनु भयो । नगरप्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा कार्यक्रमको समापन गरिएको जानाईएको छ । मन्त्रालयले जारी गरेको कार्यविधिको सम्पुर्ण सुचक पालना गर्न विषयगत सम्पुर्ण कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । धनगढीमाई नगरपालिकाका आर्थिक प्रशासन शाखा , राजस्व , कृषि , स्वास्थ, पशु , जिन्सी लगायत सम्पुर्ण शाखाका प्रमुखहरु , नगरपालिकाका १४ वडाका वडा सचीवहरुको सहभागीता रहेको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपसचिव अग्नि प्रसाद अधिकारी , मन्त्रालयकै वातावरण शाखाका डा. ईन्दिरा पराजुलीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१