Siraha Times
ताजा समाचार

युवाहरूलाई अध्यक्ष पटेलले भने- देश र धर्म बचाउन हिन्दू राष्ट्र एक मात्र बिकल्प हो

  • माघ १५, २०७८
  • ९५२ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम १४ माघ -  हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले देश बचाउने र धर्म जोगाउने अभियान एक मात्र हो हिन्दू राष्ट्र नेपाल।परिषदको महाअभियानमा सहभागी हुन सम्पूर्ण युवाहरूलाई आग्रह गरेका छन् ।

धनुषा र महोत्तरी जिल्लामा ४ दिने कार्यक्रमको सन्दर्भमा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भएकाले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए । जिल्ला बसाईको क्रममा बिभिन्न राजनीतिक दल संग आबद्ध युवाहरु एवं स्वत्रन्त्र समुहका युवाहरु लाई राष्ट्र बचाऊँन अब हामी नेतृत्वदायीं भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए।आफ्नो पार्टी र संगठन भन्दा माथि उठे मात्र यो राष्ट्र हामी जोगाउँन सक्छौ अध्यक्ष पटेलले भने ।

कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रीय सदस्यहरु पिंकी महासेठ, कृष्ण कान्त झा,दीपक चौधरी, श्यामसुंदर राय,केन्द्रीय सल्लहकार बैधनाथ साह, धनुषा जिल्ला अध्यक्ष शत्रुधन साह,उपाध्यक्ष दीपक देव्,महोत्तरी जिल्ला संयोजक बलबीर गुप्ता,जलेश्वर नगर संयोजक सुनील पासवान,जनकपुरधाम नगर सचिव सीताराम गुप्ता,पत्रकार ओमप्रकाश साह सहभागी रहेका थिए। हिन्दू परिषद नेपालको धनुषा र महोत्तरी जिल्लामा सम्पर्क कार्यालय,संगठन बिस्तार,भावी कार्यक्रम एंव बिचार मिलने संघ संस्था संग कार्यगत एकता बारे बृहत छलफल भएको थियो।

साथै टोलीले विश्व प्रसिद्ध ऐतिहासिक तीर्थ स्थल जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर, धनुषाधाम र जलेश्वर महादेव मन्दिरमा पूजापाठ समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१