जनकपुरधाममा इण्डोक्राइन सहितको पोलिक्लिनिक आजदेखि संचालनमा

  • माघ १४, २०७८
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ १४ गते ।जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक इण्डोक्राइन सहितको स्वास्थ्य संस्था जनकपुर डाइबिटिज थाइराइड एण्ड डायग्नोष्टिक पोलिक्लिनिक आजदेखि  संचालनमा आएको छ । जनकपुरधाम स्थित जानकी मन्दिर मडवा पछाडि बिहीवारदेखि संचालनमा आएको सो पोलिक्लिनिकमा डाइबिटिज थाइराइज तथा हार्मोन रोग र गाइस्ट्रो सहितको पेट रोगको प्रमुख रुपमा आधुनिक उपकरणद्वारा उपचार व्यवस्था रहेको छ । डाइबिटिज थाइराईड तथा हार्मोन रोगको काठमाडौ स्थित नर्भिक इन्टरनेशन हस्पीटल र मेट्रो काठमाडौ हस्पीटलमा एक दशकभन्दा बढी समयदेखि कार्यरत डा. मधु पाण्डेयले उपचार गर्नेछ भने पेट तथा पेटको क्यान्सर सम्बन्धी रोगको उपचार डा. प्रकाश चौधरीले गर्ने बताइएको छ । यस बाहेक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रशिता शाह, बालरोग विषेशज्ञ डा. हेमन्तकुमार शर्मा, जेनरल फिजिसियन डा. संदीपकुमार कर्ण र हाडजोर्नीका डा. मनिष शाहले समेत सेवा दिइनेछ ।

उद्घाटनको अवसरमा सो पोलिक्लिनिकले माघ १३ गतेदेखि १५ गतेसम्म( तिन दिन ) विभिन्न रोगको ओपीडी निशुल्क र ल्याब (प्याथलोजी जाँच) मा बिरामीलाई ४० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । संचालक समेत रहेका डा. चौधरीले दिएको जानकारी अनुसार माघ १३ गते डा. मधु पाण्डेय र डा. प्रकाश चौधरीद्वारा फास्ंटिग र रैण्डम सुगरको निशुल्क चेकजाँच, १४ गते जेनरल फिजिसियन र बालरोगको ओपीडी र १५ गते स्त्री तथा प्रसुति रोग र हाडजोर्नीको ओपीडीमा निशुल्क चेकजाँच गरिनेछ । डाइबिटिज थाइराईड तथा हार्मोन, पेट तथा पेटरोगको क्यान्सर सहितको एकै छातामुनि उपचार हुने सो पोलिक्लिनिकको संचालक डा. चौधरीका बुवा किसुन चौधरी र प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले संयुक्त रुपमा  उद्घाटन गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१