ताजा समाचार

लहान नगरपलिकाको सरकारी गाडिमा तोडफोड ,सवार सबै सुरक्षीत

  • माघ १३, २०७८
  • ९२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १३, माघ । सिरहाको लहान नगरपालिकाको सरकारी गाडिमा तोडफोड भएको छ । स १ झ ५१० नम्बरको स्कारपियोमा जनमत पार्टीका कार्यकर्ताहरुद्वारा तोडफोड गरिएको बुझिएको छ । राष्ट्रियसभाको निर्वाचनको लागि हिजो जनकपुर मतदान गर्न पुगेका लहान नगरपालिकाका मेयर मुन्नी साह सुडि , उपमेयर सरियार कुमारी चौधरी सवार गडिमा तोडफोड भएको हो । जनकपुरको पिडारीचौक स्थिति तोडफोड सवार स्कारपियोमा लहान नगरपालिकाका राहत शिक्षक तथा गोरखापत्र लहानका पत्रकार जिवछ यादव ( उदासी ) समेत चढेका थिए । लाठी प्रहारले गर्दा स्कार्पियोको सिसाहरु पुर्णरुपमा क्षतिभएको छ भने सवार सबैजना सकुशल छन् । ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा जनमतका कार्यकर्ता हिजो विहानैदेखि प्रदर्शन गरेका थिए । कार्यकर्ताहरु मतदान स्थलमा छिर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बीच ठाउँ ठाउँमा झडप समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤