ताजा समाचार

श्री सल्हेश एकता मञ्च कतारद्वारा क्यानसर पिडितलाई आर्थिक सहयोग

  • माघ ५, २०७८
  • १२३० पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा - सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर–२ जोगियाँ निवासी क्यानसर पिडित ४० वर्षीय रामकुमारी पासमानलाई आर्थिक अभावमा उपचारमा समस्या भई रहेको समाचार  सार्वजनिक भएपछि सल्हेश एकता मञ्च नेपाल कतार शाखाले आर्थिक सहयोग जुटाई दिएका छन् ।

पिडित रामकुमारी पासमानको घरमा पुगी मंगलबार संस्थाका कोषाअध्यक्ष मनोज कुमार पासमान, सचिव राजेश कुमार पासमान, सदस्य उमेश पासमानले उक्त वडाका वडा अध्यक्ष दिगम्बर यादवको उपस्थितिमा १ लाख १० हजार ६ सय १७ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

सल्हेश एकता मञ्च नेपाल कतार शाखाका पदाधिकारीहरुले रामकुमारी पासमान बचाउ अभियान चलाएको थियो ।सो अभियान अन्तरर्ग मनकारी नेपाली जो जन्मभूमीबाट धेरै टढा रहेर श्रम गर्न कतार गएका छन् । उनीहरुले समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग गरेको सल्हेश एकता मञ्का अध्यक्ष दुर्गानन्द पासमानले बताए ।

२०७४ सालमा सिरहाको लहानमा केन्द्रिय कार्यालय रहने गरि स्थापना भएको सल्हेश एकता मञ्च नेपालले स्थापनाकाल देखि नै समाजमा रहेका विकृती,विसंगती,जातिय छुवाछुत विरुद्ध आवाज उठाउदैँ आएका छन् । साथै दुसाद समुदायले आफनो पुर्खाको रुपमा पुजदैँ आएका र मिथला क्षेत्रमा शक्तिको प्रतिकको रुपमा सबै समुदायले पुजदैँ आएका सल्हेश महराजको पौराणिक ऐतिहासिक धरोहरहरुको संरक्षण क्षेत्रमा कार्य गर्नुका समाजमा दैवीकप्रकोपबाट पिडितहरुलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤