ताजा समाचार

मधेश मधेशी अधिकारको लागि जसपामै आएर संघर्ष गर्नस् ः अध्यक्ष यादव

  • माघ ५, २०७८
  • १५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । दिनेश्वर गुप्ता लहान, ५ माघ । मधेश प्रदेश जस्तै पूर्वी मधेश र पश्चिम मधेशको लागि संघर्ष गर्नुपर्ने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बताउँनुभयो । मधेश प्रदेश घोषणा भएपछि अध्यक्ष यादवलाई सिरहाका कार्यकर्ताले स्वागत गरेका छन् । स्वागतकै क्रममा आज अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको भन्दै पूर्वी मधेश र पश्चिम मधेशको लागि जसपामै आएर संघर्ष गर्नुपर्ने बताउँनुभयो । अन्य बह्मानवादी पार्टीमा बसेर मधेश मधेशीको अधिकार सुनिश्चित नहुने भन्दै अध्यक्ष यादवले जसपामा आउँनुस् बाँकी १४ जिल्लाका मधेश मधेशीको अधिकारको सुचिश्चिताको सवाल गर्दा सार्थक हुने बताउँनुभयो । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि बलिदानी दिवसको लागि लहान आइपुग्नु भएका अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताउँनुभयो । ‘मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो’, अध्यक्ष यादवले भने, ‘त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।’ मधेश प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँदै अध्यक्ष यादवले अब असम्मान र असमनता, विभेद र शोषण, जातीय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤