क्षेत्र सभापति चौधरीको प्रमुख आतिथ्यमा फाईनल खेलको समापन , सम्सेसरपुर ५ गोलले बिजय

  • पुस ३०, २०७८
  • १०८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ३०, पुस । सिरहाको लहान नगरपालिका वडा नम्बर - ११ मा दोस्रो पिडरबनी कप - २०७८ फुटबल खेलकुद प्रतियोगिताको आज समापन भएको छ । शुक्रबार भएको अन्तिम दिनको खेलमा माँ मुसहर्निया क्लव सम्सेरपुर , सप्तरीले ५ गोलको बिरुद्ध १ गोलको फरक अन्तरले राजाजी नवयुवा फुटबल टिम मोहनपुर , सप्तरीलाई पराजित गरेको हो । पिडरबनी फुटबल क्लव लहान - ११ को आयोजनामा संचालित प्रतियोगिताको फाईनल खेलको उदघाटन नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर - १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीले गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा आमन्त्रित चौधरीले खेल संचालन गर्न नगद रु ५१ हजार आर्थिक सहयोग गरेको आयोजक क्लबका अध्यक्ष उकेश कुमार चौधरीले जनाएको छ । त्यसैगरी द्वितीय पुरस्कार ( सिल्ड , मेडल , प्रमाणपत्र) खरिद गर्न नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी बद्री नारायण चौधरी र अजय कुमार चौधरीले नगद रु २५ हजार आर्थिक सहयोग गरेको थियो ।

Open photo

स्थानीय युवा ,समाजका बिशिस्ट ब्यक्ति लगायत ब्यवसायिहरुले पनि खेल संचालन गर्न आर्थिक सहयोग गरेको नेपाली काङ्ग्रेस वडा नम्बर - ११ का वडा अध्यक्षका प्रत्यासी उम्मेदवार तथा समाजसेवी सुर्यनारायण चौधरीले जनाएको छ । २०७८ पुस २४ गते देखि आधारभुत विधालय पिडरबनी को ( भिसा फिल्ड ) मैदानमा संचालन भएको खेलमा सिरहा र सप्तरी जिल्लाका ८ वटा टिमको खेलाडीहरुले सहभागीता जनाएका थिए । नेपाली काङ्ग्रेसबाट सिरहा क्षेत्र नम्बर - १ को क्षेत्र सभापति महेश प्रसाद चौधरीलाई कार्यक्रममा भब्य रुपमा स्वागत तथा सम्मान गरेको छ । समाजसेवाको क्षेत्रमा महत्वपुर्ण योगदान दिएकोले चौधरीलाई बैण्डबाजा , फुल , माला, अबिर लगाई स्थानीय ग्रामवासीले स्वागत तथा सम्मान गरेको थियो । फाईनल खेलको प्रथम पुरस्कारको रुपमा नगद रु २५ हजार प्रमाण-पत्र , सिल्ड तथा मेडल रहेको थियो भने दोस्रो पुरस्कारको रुपमा नगद रु १५ हजार, सिल्ड, प्रमाण - पत्र , मेडलको व्यवस्था गरेको आयोजकले जनाए । खेलमा उत्कृष्ट प्रतिभा देखाउने गोलकिपर , खेलाडी र पहिलो गोलगर्ने खेलाडीलाई आयोजक क्लबले सम्मान गरेका थिए ।

Open photo

Open photo

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

जनताको आवाज केन्द्रम ...

रहमुल, सिरहा २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत तथा का ...

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१