ताजा समाचार

दलितमाथि अत्याचार नरोकिए आन्दोलन गर्ने दलित अगुवाहरुको चेतावनी

  • पुस २६, २०७८
  • ११४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

घोराही,दाङ दाङको घोराहीमा गैरदलित बाहुन क्षेत्रीहरुको सहभागीतामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभा सम्पन्न भएको छ । जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले दलितहरुमाथिको अत्याचार नरोकिए दलित आन्दोलनले जस्तोसुकै मूल्य चुकाउन अब पछि नहट्ने चेतावनी दिए । अभियानका पुर्वी संयोजक राजेश विद्रोहीले ७२ वर्षको लोकतान्त्रिक अभ्यासको इतिहासमा पटक पटकको परिवर्तनको इतिहासमा दलितलाई दयनीय बनाएका वर्ग र समुदायले नै नेतृत्व गरेकोमा आपत्ति जनाए । उनले अबको संघीय लोकतान्त्रिक गणतान्त्रिक युग दलितहरूको भएको जिकिर समेत गरे । जागरण अभियानका दाङ जिल्ला संयोजक केशव नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पश्चिम संयोजक खगेन्द्र सुनार र विशिष्ट अतिथि पूर्वी संयोजक राजेश विद्रोही रहेका थिए । कार्यक्रमको उदघोषक गैरदलित समुदायबाट सशक्त समाजिक अभियनता विष्णु देवकोटाले गरेका थिए ।

यस्तै अतिथिहरुमा प्रेम बीस, जोगिन्दर बिश्वकर्मा, निर्मला बिक, सप्तरी संयोजक प्रथमलाल राम, बाँके संयोजक प्रेम बैगार, सचिन गन्दर्भ, खड्क बुढाथोकी लगायतका थिए । हजारौंको संख्यामा उपस्थिति कार्यक्रममा दलित समुदायले आफ्नो पहिचान र संस्कृति झल्किनेगरी बाजागाजा सहित नगर परिक्रमा गर्दै सभास्थल पुगेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कलाको प्रस्तुति पनि प्रस्तुत भएको थियो । उक्त जागरण सभामा गैरदलित समुदायबाट सुनिल देवकोटा, प्रकाश श्रेष्ठ, सरोज शाह, भव डाँगी, राजु खनाल, अनिता देवकोटा, शंकर डाँगी लगायतको सहमभागिता समेत थियो । सभार टुडेखोज आनलाइन डटकम l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤