Siraha Times
ताजा समाचार

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट;सतर्कता अपनाउन आग्रह

  • पुस २६, २०७८
  • ११९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुस २६ गते। लहान ।कोरोना भाइरसको महामारीले झण्डै २ बर्षसम्म अस्तव्यस्त बनेको विश्वसामु पुनः कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन चुनौती बनेर सामुन्ने आएको छ। त्यस अनुरुप सप्तरीको अप्पन बेल्ही युवा क्लबले प्रेस विज्ञप्ति जारी गर्दै सचेतता अपनाउन सबैमा अपिल गरेका छन। क्लबका अध्यक्ष रोशन कुमार यादव , कोषाध्यक्ष कुमरकान्त झाका अनुसार यसबाट सतर्क रहन एकदम जरुरी छ। लामो समयको निषेधाज्ञा र बन्दाबन्दीले थला परेको अर्थतन्त्रसँगै नागरिकको दैनिकी पुरानै लयमा फर्किनै लाग्दा नयाँ भेरियन्ट ओमिक्रोनले फेरी विश्व ठप्प बनाउन सक्ने स्वास्थ्य विज्ञहरुले आँकलन गरीसकेको छन् । यद्यपि हाम्रै छिमेकी राष्ट्र भारतसमेत नयाँ भेरियन्टका संक्रमित देखन थालेसँगै विभिन्न राज्यहरु कर्फ्यू आदेश जारी भइसकेको समाचार हामी पनि अन्जान छैनौं ।

विगतका कमीकमजोरीबाट पाठ सिक्दै अगामी दिनमा नेपालमा पनि संक्रमण फैलिएर हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि अहिले देखि नै पूर्वतयारीमा जोड दिन आवश्यक देखिन्छ । मुलतः खुला सिमाना भएको स्थानबाट हुने आगवनलाई कडाई गर्दै भारतलगायत अन्य मुलुकबाट आउने प्रत्येक व्यक्तिको पीसीआर र एन्टीजेन जस्ता परीक्षण गर्नका लागि सिमानाका सिमाना क्षेत्रमा स्थापित हेल्थ डेस्कलाई थप व्यवस्थित गर्न तथा स्तरोन्नति गर्न स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारसँग अप्पन बेल्ही युवा क्लबले माँग समेत गरेका छन। तिनै तहका सरकारले सिमानाकाका साथसाथै अन्य स्थानहरुमा समेत पर्याप्त मात्रामा सुविधायुक्त आइसोलेशन तथा क्वारेन्टाइन सेन्टरहरु निर्माण गरेर तयारी अवस्थामा राख्नुपर्ने अवस्थालाई अवगत गराएका छन । अस्पतालहरुमा पनि भेन्टिलेटर तथा ऑक्सीजनसहितको कोभिड वार्ड , आईसीयू जस्ता महत्वपूर्ण संरचनाहरु तयारी अवस्थामा राख्नुका साथै आवश्यक जनशक्तिको व्यवस्थापनमा जुटन समेत आग्रह गरेका छन।

साथै यस अवस्थामा हुन सक्ने हरेक प्रकारको सहयोगका लागि "अप्पन बेल्ही युवा क्लब सप्तरी" दिनरात तत्पर रहेर तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गर्नु भएको छ । अहिले र आजैदेखि सजगता नअपनाए 'हतारमा काम फुर्सदमा पश्चाताप' हुनुपर्ने अवस्था आउन सक्छ । तसर्थ, आम नागरिकलाई पनि मास्क लगाउने,साबुन पानीले समय-समयमा हात धुने,भिडभाड नगर्ने र स्वास्थ्यमा समस्या आउने वित्तिकै चिकित्सकसँगै परामर्श लिने जस्ता स्वास्थ्य सतर्कता अपनाउन ,नजिकैको स्वास्थ्य संस्थामा गएर उपलब्ध खोप लगाउन स्वस्थ तथा सुरक्षित हुन अनुरोध गरेका छन । यस अवस्थामा कुनैपनि प्रकारको लापरबाहीले ज्यान सम्म जान सक्ने भएकोले सतर्क भएर बस्न समेत अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१