ताजा समाचार

सहकारी संस्थाहरुलाई दुई दिने कोपोमिस सम्बन्धि तालिम सम्पन्न

  • पुस २४, २०७८
  • १२९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ पुष - सिरहाको लहानमा सहकारी संस्थाहरुलाई दुई दिने कोपोमिस सम्बन्धि तालिम सम्पन्न भएको छ्। लहान नगरपालिकाको उपप्रमुख सरियार चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहानका मेयर मुनि साहले कार्यक्रमको उदघाटन गरेका थिए।विशिष्ट अतिथिमा लहान नगरपालिकाको प्रमुख प्रसास्किय अधिकृत खेम नन्द भुसाल रहनु भएको थियो। लहान नगरपालिका भित्रका ७४ वाटा सहकारी संस्थाहरुको ब्यक्तीहरुले तालीममा सहभागी रहेको थियो। लहान नगरपालिका भित्र रहेका सहकारीहरुको विश्लेशन सहकारी एैन नियमावली सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया र कोपोमिस संचालन गर्न प्राबिधिक तालिमको मुख्य उदेश्य रहेको छ्। कार्यक्रममा सहकारी एैन नियमावली सम्बन्धि सप्तरी जिल्लाको बचत तथा ऋण सहकारी संघका सप्तरी अध्यक्ष तोया नाथ पोखरेलले प्रशिक्षण दिएका थिए भने लहान नगरपालिका सूचना अधिकृत संजय कुमार साहले कोपोमिस सम्बन्धि सूचना ब्यवस्थापन प्रणाली सम्बन्धि तालीम दिएका थिए।

समापन कार्यक्रम अध्यक्षता लहान नगरपालिका वडा नम्बर २४ का अध्यक्ष कमल देब यादवले गरेका थिए। समापन्न कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका मेयर मुनि साहका अनुसार लहान नगरपालिकाले लिएको नितिलाई कसरी सार्थक बनाउने कुरामा जोड दिदै लहानमा सहकारी संचालन गर्न एउटा नयाँ कार्यसमिति गठन गरेर सबै समितिलाई जिम्मेवारी दिएर कार्य गर्न आग्रह गरेका थिए। बिशिस्ट अतिथि उपमेयर सरियार चौधरीकी अनुसार लहानलाई सहकारी मुखी बनाउने आग्रह गर्दै आउने दिनमा सहकारीहरुले राम्रो गरोस् र लहाननगरपालिकाले अनुगमनको काम पनि अगाडि बढाउने बताए। लहानका सहकारीहरुलाई नमुना काम गर्न उपमेयर चौधरी बताईन।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤