सखुवान्नकारकट्टी गाउँपालिकालाई उत्कृष्ट बनाउन स्थानीयको समन्वय;अध्यक्ष यादव

  • पुस २२, २०७८
  • ८७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिराहा/२२पुस। सिराहाको सखुवान्नकारकट्टी गाउँपालिका प्रदेश नम्बर २ मा गाउँपालिकाहरुको हकमा उत्कृष्ट भएको छ। यो पालिकाबासीको खुसी र प्रसन्नताको विषय पनि हो । सो उत्कृष्ट स्थान दिलाउन सफल स्थानीयले पनि अहम दिइएको खवर प्राप्त भएको छ। सखुवान्नकारकट्टी गाउँपालिका विभिन्न क्षेत्रहरु जस्तै शिक्षा , स्वास्थ्य , कृषि , भौतिक पुर्वाधार , ज्येष्ठ नागरिक सुरक्षा भत्ता बैङ्कि्ग प्रणाली , बाल पोषण लगायतका क्षेत्रहरुमा आफ्ना राम्रो काम गरेकाले उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताएका छन। संधिय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालका १५ ओटा स्थानीय तहहरुलाई उत्कृष्टको सुचीमा राखेका छन। जस अन्तर्गत सुचना प्रविधिको पहुँच र प्रयोगमा सुगमभन्दा दुर्गमका स्थानीय तहलाई उत्कृष्टको सुचीमा घोषित गरेका छन। जसमध्ये पश्चिम रुकुमको चौरहजारी नगरपालिका पहिलो भएको छ, भने सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका ९ स्थान ल्याई ६८ अङ्क प्राप्त गरेको छ।

Open photo

यो सँगै गाउँपालिकालाई उत्कृष्ट , समृद्ध , नमुना उन्मुख बनाउन पहिचान दिलाउन सबैकोसाथ र सम्न्वय प्रति अध्यक्ष केदारनाथ यादवले कृत्ज्ञता व्यक्त गर्नु भएको छ। यस पालिकाको सम्पूर्ण जनसमुदाय , कर्मचारी , संचारकर्मी लगायतकाको सहयोगले सफलता भएको अध्यक्ष यादवको दाबी छ। मार्किङ्गको आधारमा ६८ अङ्क निर्धारण गरिएको बताइएको छ।जस्तै सुचना तथा प्रविधिमा स्व मुल्यांकन कामको आधारमा भएको अध्यक्ष यादवले बताए। आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय योजना आयोग अन्तर्गतको ६ करोडको लगानीमा रिङ्ग रोड ; यसै वर्ष ३ करोड छुट्याउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले बताए । ढलान , कृषि , बाटो , प्रशासकीय भवन लगायतका अन्य योजनाहरु अधि सार्ने बताएका छन । स्वास्थ्य क्षेत्रमा जिल्ला स्वास्थ्य आयुर्वेदको समन्वयमा नागरिक आयुर्वेद स्थापना अबको केही दिनमा हुने बताए ।" कला संस्कृति ,हाम्रो स्वाभिमान ; समृद्ध सखुवान्नकारकट्टी , हाम्रो पहिचान " नारा पनि सफलताको संकेत दिने गरेको अनुमान लगाउन सकिन्छ । यो सँगै शितलहर चिसोबाट जोगिन गाउँपालिकाले मौसम परिवेक्ष प्रकोप व्यवस्थापन अनतर्गत न्यानो कपडा , ठाउँठाउँमा दाउराको प्रबन्ध गर्ने प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले प्रतिबद्धता जनाएको छ।

Open photo

प्रतिक्रिया दिनुहोस

खड्क नगरपालिका–१ स्थ ...

रासिन्द्र यादव कात्तिक १७ ।  खड्क नगरपालिका–१, सप्तरी स्थित जनता माध्यमिक विद्यालय सिस्वा ...

कपिलवस्तुमा दंगा निय ...

काठमांडू, कार्तिक १६ कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर ...

रञ्जिता श्रेष्ठको शु ...

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ता गराएका पूर्व सांसद रेशम चौधरीलाई उनकी पत्नी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१