देशमा पुर्ण समानुपातीक निर्वाचन प्रणालीको खाचो छ: स्वाधीन मधेस जनअभियान केन्द्रिय संयोजक: कैलास महतो

  • पुस १९, २०७८
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० पुष- देशमा पुर्ण समानुपातीक निर्वाचन प्रणालीको खाचो छ।स्वाधीन मधेस जनअभियानका केन्द्रिय संयोजक कैलास महतोले ठहर गरेका छन्।देशका सम्पुर्ण जातजाती बर्ग समुदायका ब्यक्तीहरुको राजनीतिमा पहुँच,संसद र सरकारमा पहुँच जब सम्म हुदैन तब सम्म देशमा कुनै क्षेत्रमा बिकास गर्न कठिन रहेको बताए। देशमा बिकास र समृद्धि ल्याउन सबैको राजनीतिको निकास तिर उन्मुख गर्नु पर्छ उनले बताए।अहिलेको निर्वाचन प्रणाली पुजीपति,चोर गुनडा,पैसाबला,ब्यापारी,उधोग धन्दा बलाको निर्वाचन हो।समाज ऊनीहरुको जकरणमा रहेको छ।यसको बिशलेशन हुन सकेको छैन।बाकी समाजले चिन्न सकेको छैन।

समाजले निर्वाचनबाट बिकास र निकासको प्रगति लिन नसकिनुको कारण भ्रष्टाचार आर्थिक दोहन,अनियमितता, महगो निर्वाचन प्रणाली हुन्।स्थानीय निर्वाचन पुर्ण समानुपातिक हुनुपर्छ महतोले जोडदिनु भयो। अहिलेको निर्वाचन ४०% समानुपातिक र ६०% प्रत्यक्ष रहेको अवस्था छ।यो निर्वाचनले जनता निकास र बिकासको प्रत्याभूती गर्न कठिन रहेको अभियानी महतोले बताए।देशमा समानुपातिक प्रतिनिधित्वको राजनीति र पुर्ण समाबेसी राजनितीको खाचो रहेको ठहर गरेका छन्।अहिलेको महगो र झनझटिलो निर्वाचनले गर्दा मिश्रित जातिवादले गर्दा सिंगो देश नै आजित छन। देशलाई खुला निकास दिनु भन्दा बढी आर्थिक क्षेत्र नै तहस नहस छन्। कम्तीमा स्थानीय निर्वाचनलाई पार्टी बिहिन निर्वाचन गराउनु पर्ने राज्यको दाईत्व रहेको बताए।उक्त निर्वाचन उपयुक्त निर्वाचन हुने छ।अहिलेसम्मको निर्वाचनले देशमा आपसी टकराब, जातीवाद,पार्टीवाद,धर्मबाद,परिवारबाद बाहेक केहि गर्न सकेको छैन स्वाधीन मधेस जनअभियानका केन्द्रिय संयोजक कैलास महतोले बताए। स्वाधीन मधेस जनअभियानका संगठन नेपालको १७ वटा जिल्लामा स्थपित रहेका छन।देशको विभिन्न जिल्लाहरुमा संगठन बिस्तारका काम तीब्र गतिमा भई रहेको संयोजक महतोले बताए।आउने चुनावमा हाम्रो अभियानले भाग नलिने बताउनु भयो।

Untitled-1
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा दोस्रो अध ...

रहमुल लहान १० मंसिर सिरहाको नवराजपुर‌ गाउँपालिका द्वारा आयोजित दोसो अध्यक्ष कप क्रिकेट प्रतियोग ...

मल्हनियाँमा क्रीकेट ...

रासिन्द्र यादव, सप्तरी, १० मंसिर । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँमा क्रीकेट प्रत ...

कर्णाली सम्मेलन एवं ...

रहमुल लहान १० मंसिर । महिला किसान कर्णाली सम्मेलन एवं प्रदेशस्तरीय सिकाइ शिविर गत मंसीर ८ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१