Siraha Times
ताजा समाचार

सिरहाको अर्नामा गाउँपालिकामा विकासको काममा अनियमितता भएको स्थानियको आरोप

  • पुस १९, २०७८
  • २०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ पुष-सिरहाको अर्नामा गाउँपालिका वडा नं २ मा विकासको काममा अनियमितता भएको स्थानियहरुको आरोप रहेको छ ।वडाको मैनावति खोलामा भएको पक्की पुल निर्माण, झोलुंगे पुल निर्माण,सरकारी गाडीको चरम दुरुपयोग,स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रमा समेत अनियमितता भएको स्थानियको आरोप रहेको छ । यसै सन्दर्भमा समन्धित वडाका एक संर्घष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताएका छन। यस विषयमा अर्नामा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्णान्द सिंहले भने हामी सरकारी कर्मचारी हौ जनताको करबाट सेवा सुविधा पाईरहेका छौ,अर्को विकासको हरेक कुरा जनताले बुझन पाउने वहाँको अधिकार हो । जहाँ सम्म अनियमितताको कुरा छ ।

Open photo

म आएको आ.व. देखिमा जति पनि ठुला कार्यहरु भएको छ त्यो सब टेन्डर प्रक्रियाबाट नै भएका हो।टेन्डर जो कोहिले पनि हाल्न पाउछ जसले लाईसेन्स पाएकोछ,टेन्डर पर्छ उसैलाई जसले कम दरमा हाल्छ।अब पुल निर्माणको कुरा छ । यो म आएको आ व भन्दा पहिले नै टेन्डर भई सकेको कुरा हो यसमा मलाई केहि बोल्न उचित लाग्दैन। अरु कुरा समबन्धित विषयबाला संग नै सोधदा जवाफ आउ थियो कि वहाँले बताए। संघर्ष समितिका अगुवा शशि कपुर महतोले जिकिर गर्दै भने यो वहाँहरुको बहाना बाजी मात्र हो सबैको मिलि भगत छ । अब हामी विकासको लागी लागी पर्छौ भएन भने चरनबद्ध आनदोलनका कार्यक्रम समेत अगाडी बढाउने बताए । यता यस विषयमा गाउँपालिका अध्यक्ष ठकु महतो कोईरीले कार्य व्यस्ताताको कारण पत्रकारलाई समय दिन मानेन ।

Open photo

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१