४० बर्ष देखि पार्टीका संगठनमा आवद्ध कार्कीले एमाले कपिलवस्तुको सचिवमा उम्मेद्वारी दिने

  • पुस १८, २०७८
  • ९५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हरि आचार्य, कपिलवस्तु विगत ४० बर्ष देखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका विश्व कार्कीले एमाले कपिलवस्तुको सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । वि.स. २०३८ सालको माघमा जनता मा.वि.पिपरामा भएको स्ववियु निर्वाचनमा कक्षा ४ मा अध्ययन गर्दा देखिनै पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुको प्यानलमा मतदान गरि संगठित कार्कीले एमाले कपिलवस्तुको सचिवमा आफ्नो आवश्यक रहेको भन्दै उम्मेद्वारी घोषणा गर्नुभएको हो । यहि पुस २३ र २४ गते हुने पार्टीको जिल्ला अधिवेशनका लागि समग्र अग्रज नेता, युवा वर्ग र पार्टीका शुभचिन्तकहरुको माग बमोजिम सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको कार्कीले बताउनुभयो । विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा युवाहरुको पहुँच पु-याई युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका कार्की युवावर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

२०३८ सालमा अनेरास्ववियुमा संगठित कार्की २०४२ सालमा अनेरास्ववियुमा क्रियाशिल हुनुभयो त्यस्तै २०४४ सालमा अनेरास्ववियु अर्घाखाँचीमा संगठित भई जिम्मेवारी सम्हाल्नुभएको थियो । २०७५ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा संगठित उहाँ २०४६ सालको भदौ महिनामा गुल्मीमा गिरफ्तार भई ८ दिनमा रिहा हुनुभयो । २०४६ सालको जनआन्दोलनमा २०४६ सालको फागुन ८ गते गिरफ्तार पश्चात १ दिन कष्टडिमा बसी फागुन ९ गते जेल चलान भई चैत्र १३ गते रिहा हुनुभयो रिहा पश्चात आन्दोलनमा फेरी सरिक हुंदै सक्रिय राजनिति यात्रालाई अगाडि बढाउनुभएको थियो । २०४७ सालमा अनेरास्ववियु कपिलवस्तुको जिल्ला कमिटि सदस्य हुनुभएका उहाँ २०४९ सालको जेठमा अनेरास्ववियु जिल्ला कमिटि कपिलवस्तुको अध्यक्षको जिम्मेवारी सम्हाल्न पुग्नुभयो । २०५२ सालमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटि सदस्य, २०५४ सालमा सचिव तथा २०५५ सालमा लुम्बिनी अञ्चल कमिटि सदस्य भई सक्रिय राजनितिमा होमिनुभयो । त्यस्तै २०५५ सालमै पिपुल्स भोलेन्टीयर्सको कपिलवस्तु जिल्ला प्रमुख हुनुभएका कार्की २०५७ सालमा आएर एमाले जिल्ला कमिटि कपिलवस्तुको निर्वाचनबाट जिल्ला कमिटि सदस्य हुनुभयो ।

२०६४ सालमा युथफोर्स कपिलवस्तुका संस्थापक भई जिम्मेवारी पुरा गर्नुभएका कार्की २०६९ सालको आठौँ जिल्ला अधिवेशनबाट हालसम्म जिल्ला कमिटि सदस्य हुँदै सचिवालय सदस्य रहदै आउनुभएको छ । २०७२ सालमा भएको पार्टी एकता भए पछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समेत नगर अध्यक्ष बन्नुभएको थियो । राजनितिमा मात्र नभई बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष समेत रहनुभएका कार्कीले जिल्लामा नमुना खानेपानी बनाउन सफल हुनुभएको छ । कार्कीले सचिवमा उम्मेद्वारी दिएसंगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् भने सचिव हुने प्रबल सम्भावना रहेको कार्यकताहरु बताउँछन् । लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका कार्कीले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न सचिवमा उम्मेद्वारी रहेको बताउनु भयो । कार्की पार्टी एकताको समय देखि नै पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीका हार्ड लाईनरको रुपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

खड्क नगरपालिका–१ स्थ ...

रासिन्द्र यादव कात्तिक १७ ।  खड्क नगरपालिका–१, सप्तरी स्थित जनता माध्यमिक विद्यालय सिस्वा ...

कपिलवस्तुमा दंगा निय ...

काठमांडू, कार्तिक १६ कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर ...

रञ्जिता श्रेष्ठको शु ...

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ता गराएका पूर्व सांसद रेशम चौधरीलाई उनकी पत्नी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१