नयाँ खोप केन्द्र खुल्ने

  • पुस १५, २०७८
  • ६५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कतारले कोभिड-१९ खोप अभियानलाई थप तिब्रता दिने भएको छ । अभियान अन्तर्गत स्वास्थ्य मन्त्रालयले बु गार्नमा जनवरी ९ देखि संचालन हुनेगरि नयाँ खोप केन्द्र खोल्ने जानकारी दिएको छ । केन्द्रमा व्यापार तथा उद्योग क्षेत्रका कामदारलाई दैनिक ३० हजार बढी खोप दिइनेछ । बुस्टर डाेजलाई प्राथमिकतामा राखेर पहिलो र दोस्रो डाेज लगाउन बाँकी रहेकाहरुलाई पनि खोप वितरण गरिने मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालय, हमाद मेडिकल कर्पोरेशन र प्राइमरी हेल्थ केयर कर्पोरेशन बीचको सहकार्य तथा आन्तरिक मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय र कोनोकोफिलिप्स-कतारको सहयोगमा खोप केन्द्र खुल्न लागेको हो । केन्द्रमा अपोइन्टमेन्टको आधारमा मात्र खोप वितरण गरिनेछ । केन्द्रमा बुकिङ र अपोइन्टमेन्ट प्रक्रिया पूरा गर्न सहयोग डेस्क पनि राखिएको छ। अपोइन्टमेन्ट बिना कसैलाई पनि प्रवेश नदिइने मन्त्रालयले स्पष्ट पारेको छ । कम्पनीले QVChamad.qa मा इमेल गरेर योग्य कामदारको लागि अपोइन्टमेन्ट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१