ताजा समाचार

नयाँ खोप केन्द्र खुल्ने

  • पुस १५, २०७८
  • ८१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कतारले कोभिड-१९ खोप अभियानलाई थप तिब्रता दिने भएको छ । अभियान अन्तर्गत स्वास्थ्य मन्त्रालयले बु गार्नमा जनवरी ९ देखि संचालन हुनेगरि नयाँ खोप केन्द्र खोल्ने जानकारी दिएको छ । केन्द्रमा व्यापार तथा उद्योग क्षेत्रका कामदारलाई दैनिक ३० हजार बढी खोप दिइनेछ । बुस्टर डाेजलाई प्राथमिकतामा राखेर पहिलो र दोस्रो डाेज लगाउन बाँकी रहेकाहरुलाई पनि खोप वितरण गरिने मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालय, हमाद मेडिकल कर्पोरेशन र प्राइमरी हेल्थ केयर कर्पोरेशन बीचको सहकार्य तथा आन्तरिक मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय र कोनोकोफिलिप्स-कतारको सहयोगमा खोप केन्द्र खुल्न लागेको हो । केन्द्रमा अपोइन्टमेन्टको आधारमा मात्र खोप वितरण गरिनेछ । केन्द्रमा बुकिङ र अपोइन्टमेन्ट प्रक्रिया पूरा गर्न सहयोग डेस्क पनि राखिएको छ। अपोइन्टमेन्ट बिना कसैलाई पनि प्रवेश नदिइने मन्त्रालयले स्पष्ट पारेको छ । कम्पनीले QVChamad.qa मा इमेल गरेर योग्य कामदारको लागि अपोइन्टमेन्ट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤