Siraha Times
ताजा समाचार

सन नेपाल लाइफ इन्स्योरेन्स लहान सखा द्वारा पीडितलाई ११ लाखको चेक हस्तान्तरण

  • पुस १५, २०७८
  • १२८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ पुष- सन नेपाल लाइफ इन्स्योरेन्स लहान सखा द्वारा पीडितलाई ११ लाखको चेक हस्तान्तरण गरेका छन्।सिरहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले वैदेशिक रोजगारको बिमा गराएका थिए। महराले वैदेशिक रोजगार कतार जानलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी १० लाखका वैदेशिक रोजगार बिमा गराएका थिए। महराले श्रम गराएर घर बस्दा श्रम गराएको दुई महिना न बित्दै सडक दुर्घटनामा परेर सिरहाको नरहा गाउँपालिका स्थित सडक दुर्घटनामा परेर बर्ष ३२को श्रीलाल महराको मृत्यु भएको थियो। चोहर्वाबाट सिरहा सदरमुकायम तर्फ जादै गरेको अबस्थामा नहरा चौक स्थित बिपरित दिसाबाट आउदै गरेको स्कारपीओले महरा सवार गरेको मोटरसाईकल लाई ठक्कर दिदा महराको उपचारको क्रममा अचानक मृत्यु भएको परिवार जनले जानकारी दिनु भयो। मृत्यु भएका महराको घरको आर्थिक अवस्था निकै कम्जोर रहेको छ्। स्वर्गीय महरालाई श्रीमती र दुईवटा छोरा र एक महिने काखे छोरी बच्चा रहेकि छिन।महराकि श्रीमती रिंकी कुमारी लाई घर परिवार चलाउन निकै गाह्रो भएको छ। उक्त पीडित रिंकी कुमारीलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान सखाको प्रबन्धक/म्यानेजर उपेन्द्र नारायण महतोले कार्यालयमा बोलाए उनको श्रीमती रिंकु कुमारी लाई क्रिया खर्च १लाख र इन्स्योरेन्स बापत १० लाख गरी जम्मा ११ लाखको माछापुच्छरे बैंकको चेक पत्रकार महेश सिंह र स्वर्गीय महराको आफन्तको रोहबरमा प्रबन्धक महतोले पीडित कुमारीलाई चेक हस्तान्तरण गरेको छ।

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१