लहान २ को वडा कमिटीको सचिबमा नेता दुर्गानन्द महतो चयन

  • पुस १५, २०७८
  • १२०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ पुष - नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको वडा भेला सम्पन्न भएको छ्। सिरहाको लहान नगरपालिका वडा नम्बर २ स्थित गंगा राम महत्तोको अध्यक्षता बैठक बसेको थियो। प्रमुख अतिथिमा पार्टीका केन्द्रिय सदस्य सत्यनारायण यादवले प्रमुख अतिथि रहनु भएको थियो। अतिथिहरुमा लहान नगर अध्यक्ष बिनोद साह,राम कुमार कार्की,राम चन्द्र यादव,कृष्ण हरि गैरेले पार्टी नेता तुलसी राय यादव,लक्ष्मण यादव,बिरेन्द्र यादव लगायत सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

उक्त बैठकबाट नयाँ कार्य समिति गठन गरेका छन्। बैठकको निर्णयले वडा नम्बर २ का अध्यक्षमा गंगा राम महतो, उपाध्यक्षमा ओम प्रकाश महतो, अशा देबी महतो, सचिबमा दुर्गानन्द महतो,सह सचिबमा नथुनी महतो,सदस्य ईनरवती सदाय,गंगीया देबि सदाय,राज नारायण महतो,लगायत ११ नयाँ वडा कमिटी गठन गरेका छन्। पार्टीका नेता दुर्गानन्द महतोले बैठकको सम्पुर्ण खर्च बेहोर्दै बृहत भेलाको आयोजना गरेका थिए। आउने चुनावमा उक्त वडामा माधव नेपाल नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नै वडामा चुनाव जितने वातावरण बनाई सकेको वडा सचिब तथा युवा नेता दुर्गानन्द महतोले जानकारी दिनु भयो। उक्त सम्पन्न भेलाको उद्घोषण नेता बिरेन्द्र यादवले गरेको आयोजकले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेश सभामुख ...

ओम प्रकाश यादव लहान, पुष ११ । मधेश प्रदेश सभाको गरिमामय सभामुख पदमा नवनियुक्त माननीय राम अशिष यादवले ...

पुस १५ गतेलाई राष्ट् ...

काठमाडौं । सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको ...

सिरहाका साफि मजदुर ...

ओम प्रकाश यादव लहान, पुष ११ । सिरहा जिल्लाका सत्य नारायण साफीको जीवनकथा केवल व्यक्तिगत सफलताको कहानी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१