Siraha Times
ताजा समाचार

शिक्षा क्षेत्रमा नेपालमै तहलका मचाउदै अपलाईड कलेज

  • पुस ११, २०७८
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ पुष । अप्लाईड कलेज बिराटनगरले सिरहाको लहानमा बृहत सेमिनार कार्यक्रमको आयोजना गरेको थियो।२०६९ सालमा बिराटनगरको मुनालपथ स्थित संचालनमा रहेको छ। म्यानेजमेनट अर्थात बाणिज्य संकायमा नेपालमै उत्कृष्ट कलेजको रूपमा चिनीएको कलेज हो। लहानमा एक कलेजको आयोजना गर्दै उल्लेखनीय विद्यार्थी विभिन्न संस्थाहरुको प्रतिनिधिहरुको सहभागीता रहेको थियो।अप्लाईड कलेजका ब्यबस्थापन समितिको अध्यक्ष डा. भबिस्य मिश्रको अध्यक्षतामा कार्यक्रम सुरु भएको भने प्रमुख अतिथिमा लहान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम दयाल महतोका अनुसार लहान र बिराटनगर कुनै टाडाको सहर हैन हाम्रो सिरहाका विद्यार्थीहरुले उक्त कलेजमा उच्च शिक्षा शिक्षा अध्ययन गर्न सकछ्न। उक्त सेमिनारबाट यहाँ उपस्थित भएका विद्यार्थीहरुले पकै पनि नयाँ ज्ञान् सिपको बिकास भएको होला उनले यस्ता कार्यक्रमहरुको लागी अगामी दिनमा पुनः होस भने अपेक्षा गरेका थिए। संसारमा शिक्षा अध्ययन गरेर नै मान्छेहरु उच्च स्थान पाएको छ बताए। कलेजका ब्य्बस्थापन समिति अध्यक्ष डा.भबिस्य मिश्रले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेको थियो। अतिथिहरुमा कलेजका फाउन्डर, डाईरेकटर सुबोध दहाल,मनिष तुलाधर,गुनान्द महतो,एके दास/अमरजित कुमार दास,लहान स्थित संचालनमा रहेको साईपल कलेजका प्रीन्सिपल रोहित न्यौपाने,एलमसी कलेजका फाउन्डर डाईरेकटर अर्बिन्द महरा, प्यागन पल्सटुका प्रतिनिधि मन्टुन चौधरी, Ncc Bank को प्रतिनिधि श्रीप्रसाद यादव,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,HTP खबरका सिरहा सम्बादाता प्रदीप सिंह,लोटस बोर्डिङ स्कुलका शिक्षक संदिप चौधरी लगायत सयौं संस्थाको प्रतिनिधिहरुको सहभागीता रहेको आयोजले जानकारी दिनु भयो। गुनान्द महतोले कार्यक्रममा स्वागत मनतब्य राखेका थिए भने कलेजका उदेश्य बारेमा प्रजेन्टेसन एके दासले प्रस्तुत गरेका आयोजकले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१