Siraha Times
ताजा समाचार

लहान प्याब्सनको अध्यक्षमा निर्बिरोध चौधरी चयन

  • पुस ११, २०७८
  • १३२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ पुष- सिरहाको लहानमा प्याब्सनको ८ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ्। सिरहाको लहान स्थित सुरु भएको ८ औं अधिबेशनबाट निर्बिरोध जिल्ला अध्यक्षमा उमेश चौधरी निर्वाचित भएका छन्। प्याब्सनको वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव,उपाध्यक्षमा रिता कुमारी साह,सचिबमा सुरेश साह,कोषा अध्यक्षमा थगेन्द्र योन्जन,सह-सचिबमा सुशील कुमार यादव,सदस्यमा ताराकान्त चौधरी,लगायत ९ सदस्य चयन भएका छन्। प्याब्सनका पुर्व अध्यक्ष लाल बाबु रायको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा सिरहाको प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारीले पान्समा बतिबालेर कार्यक्रमको उदघाटन गरेका थिए। बिशिस्ट अतिथीमा प्याब्सनका सिरहा संस्थापक अध्यक्ष राज कुमार साह,प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साह,हिरा बहादुर पान्डे,केन्द्रिय सदस्य श्यामसुन्दर साह केन्द्रिय सदस्य महेश प्रसाद चौधरी,केन्द्रिय सदस्य जागेश्वर प्रसाद साह,राकेश झा,प्रदेश नम्बर २ सल्लाहकार शंकर प्रसाद गुप्ता,लहान उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक अमात्य लगायतका अतिथिहरुको सहभागिता रहेको थियो। प्रमुख अतिथि लाल बाबु कवारीका अनुसार समाजिक उतरदायीत्व र शुल्कमा सहन गर्न सक्ने बिचमा शुल्क निर्धारण गर्दिनु होला बिधालयमा संस्कृति भेष भुसा र मिथिला सांस्कृतिक ज्ञान् दिन सक्यो भने जिनी बिधालयको पढाई राम्रो हुन्छ भने हामी अपेक्षित छौँ।

अतिथि महेश प्रसाद चौधरीका अनुसार अधिबेशनबाट राम्रो प्रतिनिधि चयन होस भन्दै सुभ कामना व्यक्त गर्नु भयो। कोरोनाको कारणले दुई बर्ष देखि हामी निजि बिधालयहरु अस्त्बेस्त छ। दुईवटा रथका पाङ्रा जस्तो पकै पनि सफल हुने छौ बताए।केन्द्रमा ४५%निजी बिधालयले आर्कक्षण दिने गरेको छ् । निजि तथा अवासिय बिधालयहरुलाई सहज रूपमा खोप उपलब्ध हुनुपर्ने बताए।निजि बिधालयहरु ब्यापारी होईन र हामीले समाजका राम्रो संकार हामी समाज सेवी हौ र हामीले एउटा नयाँ समाज निर्माण गर्न चाहन्छु। निजि बिधालयहरुको संरक्षण र सम्बद्धन गर्न प्याब्सनको जन्म भएको छ।अदिबेशन सर्वसहमत बाट होस भन्ने बताए। हामी निजि बिधालय सेवा मुलक ब्यबसायी हो।अशोक अमात्य का अनुसार : संगठन चलाउन सचिवालय बलियो हुनुपर्छ,शिक्षामा गुणस्तरीयता ल्याउनु राम्रो हो, समाजमा संस्कारको बिकास हुनु जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१