ल फेरी आयो लहान सिटी जेसीजको विवादको सिजन

  • पुस ११, २०७८
  • ९२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ११ पुष । नेतृत्व विकाससँगै समाजिक क्रियाकलापको उद्देश्य बोकेका जेसीज सधैं विवादमै निर्वाचन हुँदै आएको छ । यो रोग खास गरेर राजनीतिक दलका प्रतिनिधिहरुले बढाउँने गरेको छ भने व्यक्तिगत नेताको कारण लहान सिटी जेसीजमा विवाद हुँदै आएको छ । यस पटक डिसेम्बर अन्त हुन लागेको छ । यो अवस्थामा आफ्ना नातेदार तथा पछलगुवाको नयाँ सदस्यताको तयारी भइरहेको छ भने सदस्यता नविकरणको विवाद झागिँदै गएको छ । सोहीक्रममा लहान सिटी जेसीजले वर्ष २०२१ को वार्षिक साधारणसभाको तयारीमा लागेका छन् । लहान सिटी जेसीजले साधारणसभाको लागि एक सूचना सार्वजनिक गरिएको छ । सूचना अनुसार २० औं साधारणसभा पुष १४ गते बुधबार दिउँसो १ बजे मारवाडी सेवा सदनमा निर्धारित गरिएको छ । उक्त सभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, नयाँ सदस्यता अनुमोदन, विधान संसोधन, २०२२ को कार्यसमिति चयन लगायतका प्रस्तावहरू रहने जानकारी दिएको छ । योसँगै निर्वाचन प्रक्रिया तालिका समेत सार्वजनिक गरिसकिएको छ । जारी सूचना अनुसार उम्मेद्बारी दर्ता शुल्क निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने छ । साथै साधारणसभामा रजिस्ट्रेशन शुल्क ३०० राखिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१