ताजा समाचार

ल फेरी आयो लहान सिटी जेसीजको विवादको सिजन

  • पुस ११, २०७८
  • १०५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ११ पुष । नेतृत्व विकाससँगै समाजिक क्रियाकलापको उद्देश्य बोकेका जेसीज सधैं विवादमै निर्वाचन हुँदै आएको छ । यो रोग खास गरेर राजनीतिक दलका प्रतिनिधिहरुले बढाउँने गरेको छ भने व्यक्तिगत नेताको कारण लहान सिटी जेसीजमा विवाद हुँदै आएको छ । यस पटक डिसेम्बर अन्त हुन लागेको छ । यो अवस्थामा आफ्ना नातेदार तथा पछलगुवाको नयाँ सदस्यताको तयारी भइरहेको छ भने सदस्यता नविकरणको विवाद झागिँदै गएको छ । सोहीक्रममा लहान सिटी जेसीजले वर्ष २०२१ को वार्षिक साधारणसभाको तयारीमा लागेका छन् । लहान सिटी जेसीजले साधारणसभाको लागि एक सूचना सार्वजनिक गरिएको छ । सूचना अनुसार २० औं साधारणसभा पुष १४ गते बुधबार दिउँसो १ बजे मारवाडी सेवा सदनमा निर्धारित गरिएको छ । उक्त सभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, नयाँ सदस्यता अनुमोदन, विधान संसोधन, २०२२ को कार्यसमिति चयन लगायतका प्रस्तावहरू रहने जानकारी दिएको छ । योसँगै निर्वाचन प्रक्रिया तालिका समेत सार्वजनिक गरिसकिएको छ । जारी सूचना अनुसार उम्मेद्बारी दर्ता शुल्क निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने छ । साथै साधारणसभामा रजिस्ट्रेशन शुल्क ३०० राखिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤