बहादुरगंज मा जन जागरण युवा क्लब द्वारा सम्मान कार्यक्रम सम्पन्न

  • पुस १०, २०७८
  • ९८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु जिल्ला काे पश्चिम मा पर्ने कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज मा जन जागरण युवा क्लब द्वारा सम्मान समाहाेर कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रम मा केही राम्राे स्कुल , राम्रो शिक्षकहरु , उच्च अंक प्राप्त गरेका विद्यार्थीहरु र केहि संगठनहरु लाई कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह काे प्रमुख अतिथि र क्लब का अध्यक्ष लवकुश तिवारी अध्यक्षता मा प्रमाणपत्र प्रदान गरिएको हाे । देश र समाज परिवर्तन गर्न काे लागि सबैभन्दा धेरै भुमिका युवाहरूको हुन्छ । युवाहरु नै भविष्य मा देश चलाउने हुन , यस कारणले युवाहरुलाई दिनु पर्छ । आफ्नाे अधिकार युवाहरुले मागेर हाेइन छिनेर लिनु पर्छ हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले भन्नू भयो । हिन्दु धर्मको संरक्षण गर्न काे लागि सबैले आ-आफ्नाे ठाउँबाट काम गर्न काे लागि अध्यक्ष पाण्डेयले अग्रह समेत गर्नु भयो ।

जन जागरण युवा क्लब का अध्यक्ष लवकुश तिवारीले युवाहरुलाई चुनाव मा मात्र प्रयोग गर्दै अाएकाे पाइन्छ त्यहि भएर युवाहरु संग चुनाव मा प्रयोग नहुन काे लागि अनुरोध समेत गर्नु भएको हाे । सबै नेताहरुले मिलेर युवाहरुलाई चुनाव काे वेला मात्र चिन्छन । चुनाव भए पछि युवाहरुलाई भुलि हाल्छन । यहाका नेताहरु र जनप्रतिनिधिहरु कस्ताे रहेको छ भन्नै पर्दैन । उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रमुख रजत प्रताप शाह , जन जागरण युवा क्लब का अध्यक्ष लवकुश तिवरी , हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय , महाकाल सामाजिक संस्था का अध्यक्ष धर्मराज विश्वकर्मा , शिक्षक , विद्यार्थी , समाजसेवी र क्लब का सदस्यहरु लगायत अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

लागुऔषधसहित दुई युवा ...

ओम प्रकाश यादव लहान वैशाख २४ । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान तथा प्रहरी च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१