Siraha Times
ताजा समाचार

सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष यादवको अगुवाइमा मतदाता नामावली

  • पुस ६, २०७८
  • ७५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुनदेव सरदार  लहान/६ पुस। सिरहाको पुर्व-पश्चिम राजमार्ग लहानदेखि करिब ५ किलोमिटर दक्षिणमा पर्ने महेशवारी सखुवान्नकारकट्टी गाउँपालिकाका अध्यक्ष श्री केदारनाथ यादवको विशेष अगुवाइमा मतदाता नामावली संकलन सञ्चालनमा रहेको छ। मतदाता नामावलीमा नाम छुटेका , नाम , ठेगाना सच्याउने जस्ता फोटो सहितको मतदाता नामावली शिविर गाउँपालिका परिसरमा सञ्चालनमा रहेको छ। सखुवान्नकारकट्टी गाउँपालिकामा यो फोटो सहितको मतदाता नामावली गत पुस ४ गतेदेखि आउदो १८ सम्मका लागि मतदाता नामावली दर्ता शिविर रहने सखुवान्नकारकट्टी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले बताए । तथ्यांक नामावली नाम दर्ता गराउनेले नागरिकता फोटोकपी , विवाहित महिलाको हकमा विवाह दर्ता , बसाइँसराईको हकमा बसाइँ सराई फोटोकपी लिई संकल्क कहाँ उपस्थित भई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जिल्ला निर्वाचन कार्यालय सिरहाले १७ वटै पालिकाका कर्मचारी खटाइएका छन। यो सँगै गाउँपलिका अध्यक्ष केदारनाथ यादवको पहल , अगुवाइमा भइरहेको नामावली संकलनले धेरैजसो स्थानीय व्यक्तहरुले खुसी व्यक्त गरेको स्थानीय अशोक यादवले बताए । ज्येष्ठ नागरिक , महिलालाई प्राथमिकतामा राखि संकलनका काम जारी गरेको देखिएका थियोे । आजसम्म सखुवान्नकारकट्टीका करिब ३०० सय जनाले फोटोसहितको मतदाता नामावलीमा आआफ्नो नयाँ नाम गराइएको अध्यक्ष केदारनाथ यादवले बताए । "कला साँस्कृतिक ,हाम्रो स्वाभिमान,समृद्ध सखुवान्नकारकट्टी; हाम्रो पहिचान " नाराले सार्थक रुपलिन थालेको अध्यक्ष यादवले अभिव्यक्ति समेत दिइएका छन। अहिले मौवाहा,सोठियाइन, महदेवा- पोर्ताहा, सखुवान्नकारकट्टी , इटहर्वा-महेशवारी गरि जम्मा ५ वटा वडाहरु गाउँपालिका भित्र पर्दछ।

Open photo

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१